नेल्सन मण्डेलाको सम्झनामा ६७ मिनेट

0,,17299973_303,00नोबेल पुरस्कार बिजेता दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीका अवसरमा दक्षिण अफ्रिकी लाखौ नागरिकहरुले शुक्रबार ६७ मिनेट अरुको भलाइको लागी काम गरेर मण्डेलाको ९६ औ जन्म जयन्ती मनाएका छन | नागरिकको न्यायको लागी उनले ६७ बर्ष सम्म गरेको संघर्षको सांकेतिक अर्थको रुपमा ६७ मिनेट अरुको लागी काम गर्ने गरीन्छ|

गत बर्ष डिसेम्वर ५ मा उनको निधन भएको थियो भने उनि १९१८ जुलाई १८ मा दक्षिण अफ्रिकामा  जन्मेका थिए|उनको जन्म दिनको सम्झनामा १८ जुलाईका दिन ईन्टरनेट जायण्ट गुगलले गुगल सर्च इन्जिनको मुख्य पृष्ठमा मण्डेलाको तस्वीर सहित कलात्मक डुडल राखिएको थियो |मण्डेलाबारे धेरै कुराहरुको अध्ययन गरेकी गुगलका डुडल निर्माता कटीउले यस्तो डुडल निर्माण गरेकी थिइन|nel

गुगलको नेल्सन मण्डेलाप्रति समर्पित डुडल निकै अन्तरक्रियात्मक प्रकारको छ । यसमा मण्डेलाका विभिन्न चर्चित भनाइहरु समेत समावेश गरिनुका साथै उनको चर्चित पुस्तक ‘लङ वे टू फ्रिडम’ को थिममा लामो बाटो देखाउँदै उद्दरणहरु राखिएको छ ।नेल्सल मण्डेला गुगल डुडलमा मण्डेला जन्मिए हुर्किएको गाउँ देखि दिएर उनको जिवनको राजनीतिक यात्राका प्रसँगहरु समेत समावेश गरिएको छ ।