नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिवेशन बेल्जियममा हुने

नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिवेशन बेल्जियममा हुने भएको छ | अधिवेशन यही सेप्टेम्वर १४ मा बेल्जियमको अन्त्वेर्पेंनमा हुँदैछ |FNJ

दोश्रो अधिवेशनलाई मध्यनजर गर्दै शाखाले प्रथम अधिवेशनको लागि पारित भएका तर २०६९ र २०७० को अवधीको शुःल्क नबुझाएका सदस्यहरुको लागि बिलम्ब शुःल्क सहित नवीकरण गर्न र नयाँ सदस्यता लिनको लागि जुलाई ३० सम्मको समयावधि तोकेको छ|

नयाँ सदस्यता प्राप्त गर्नु चाहनु हुनेहरुले नेपाल पत्रकार महासंघ वैदेशिक नियमावली २०६९ तोके वमोजिम दरखास्त फारम भरी पत्रकार महासंघ युरोप शाखाको इमेल ठेगाना letters@fnjeurope.org मा पठाउनु पर्नेछ | नेपाल पत्रकार महासंघ युरोप शाखाको वेबसाईड www.fnjeurope.org मार्फत फारम भर्न सकिने व्यवस्था रहेको छ |प्राप्त आवेदनलाई नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा छानविनको लागि पठाइने उल्लेख गर्दै सदस्यता दिने वा नदिने सम्पूर्ण अधिकार नेपाल पत्रकार महासंघको हुने युरोप शाखाले जनाएको छ|

नयाँसदस्य बन्नको लागि नेपाली राहदानी वा नागरिकताको फोटोकपी तथा युरोपमा आफू बसी रहेको देशको बसोवास गरिरहेको परिचयपत्र, पत्रकारीता विषयमा स्नातक रहेको वा कुनै पनि विषयमा आईए वा सो सरहको शैक्षिक प्रमाणपत्र भइ गत तीनवर्षदेखि पत्रकारीता गरिरहेको प्रमाण पेश गर्नु पर्नेछ|

शाखाको प्रथम अधिवेशन सन् २०१२ मा फ्रान्सको पेरिसमा भएको थियो |