नेपाली राहदानी बंगलादेशमा ३ लाख रुपैयाँमा बिक्री

नेपाली राहदानी बंगलादेशमा ३ लाख रुपैयाँमा बिक्री हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

केन्द्रीय अनुसन्धान व्यरोको ६ महिने अनुसन्धानमा वैदेशिक रोजगारीमा संलग्न केही म्यानपावर व्यवसायीले बंगलादेशी गिरोहसँग मिलेर गल्फ मुलुकको रोजगारीको भिसा लागेको र श्रम विभागको स्टिकरसमेत टाँसिएको नेपाली राहदानी बंगलादेशी नागरिकलाई बिक्री गर्ने गरेको खुलेको नागरिक दैनिकमा खबर छ ।

nepali_passportव्युरोका प्रमुख एसएसपी उत्तमबहादुर कार्कीका अनुसार संगठित गिरोहले गल्फ मुलुकका कम्पनीबाट कामदार माग गर्ने र रोजगारीमा जान इच्छुक नेपालीको राहदानी एजेन्ट र कम्पनीमार्फत संकलन गरी वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिने गरेको पत्ता लागेको छ ।

कार्कीका अनुसार साउदी अरबबाट भिसा र नेपालको श्रम स्वीकृति अनुमति प्राप्त नेपाली नागरिकको १४ वटा राहदानी २९ लाख ५० हजार रुपैयाँमा बंगलादेशीलाई बिक्री भइरहेको छ । अन्य ११ वटा राहदानी प्रहरी अनुसन्धानपछि फर्किएको छ । गिरोहले प्रतिगोटा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बिक्री गर्न २५ वटा राहदानी बंगलादेश पठाएको र अनुसन्धानपछि ११ वटा फिर्ता भएको व्युरोका अधिकारीले जानकारी दिए ।