नेपाली दूतावास ब्रसेल्सले ‘गणतन्त्र दिवस’ मनाउने

nepal-flagनेपाली दूतावास ब्रसेल्सले गणतन्त्र दिवस मनाउने भएको छ ।
यही मे ३१ (जेठ १७ गते) शनीवार राजदूत निवास औदरगेम, ब्रसेल्समा शुभकामना आदानप्रदान कार्यक्रम आयोजित गरिएको छ । सो कार्यक्रममा बेनेलक्समा रहेका सबै नेपालीहरूलाइ दूतावासले आमन्त्रण गरेको छ ।
कार्यक्रममा उपस्थित हुन चाहनेहरूले मे २६ सम्ममा दूतावासको सम्पर्क फोन, फ्याक्स वा इमेलमार्फत अग्रीम जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।