नेपाली ‘आइटम गर्ल’ बंगलादेशी चलचित्रमा नायिका

archana-gelalअभिनयका लागि नेपाली कलाकारहरु वलिउड, पाकीउड तथा हलिउडमा मात्र सिमित रहेनन अब । नेपाली कलाकारको सहभागिता अब बंगलादेशी चलचित्रमा समेत हुने भएको छ । नेपाली चलचित्रकी आईटम गर्लका रूपमा परिचित अर्चना देलाल बंगलादेशी चलचित्र ‘सादा कालो आकाशेर क्यानभासे’ (मायाको परिचय) मा नायिकाको लागि आवद्ध भएकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रम मार्फत अर्चना ‘सादा कालो आकाशेर क्यानभासे’ नामक चलचित्रमा अभिनय गर्न लागेको जानकारी गराईएको हो । नेपालीमा यो नामको अर्थ ‘मायाको परिचय’ भन्ने हुन्छ । चलचित्रको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्नेछन् । करिव ६० प्रतिशत सुटिङ नेपालमा नै गर्ने भनिएको यो चलचित्रमा नेपालको तर्फबाट अर्चना मात्र देखिनेछन् ।

पछिल्लो २६ बर्ष यता नेपाल र बंगलादेशको संयुक्त हातेमालोमा कुनै पनि चलचित्र निर्माण नभएको परिबेशमा आफुले ‘सादा कालो आकाशेर क्यानभासे’बाट पुनः थालनी गरेको दावी निर्देशन गर्न लागेका रफिकको छ । उक्त चलचित्रको लागी आफु छानिएको खवर सुन्नासाथ आफुमा खुसीको सिमा नै नाघेको बताएकी अर्चनाले नेपाल बाहिरको चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको पनि बताइन् ।

यसअघि ‘ढुवानी’ नामक नेपाली चलचित्रको आइटम गीतबाट चर्चामा रहेकी अर्चनाले छिट्टै रिलिज हुने ‘दमदार’ नामक नेपाली चलचित्रमा पनि आइटम नृत्य गरेकी छिन् । यो चलचित्रको बंगलादेशमा ४०५ र नेपालमा ६०५ छायांकन हुनेछ । पोखरा र नगरकोट यो चलचित्रमा नेपालको लागी छानिएका शुटिङ् स्पट हुन् ।