नेपालीले लिए बेल्जियमको नेशनल होटलको स्वामित्व

बेल्जियमको पर्यटकीय तथा औधोगिक शहर अन्त्वेर्पेंनमा रहेको नेशनल होटलको स्वामित्व नेपालीहरुले लिएका छन| सोमवार देखि संचालनमा आएको होटल नेशनलको स्वामित्व बिपीए ग्रुपले लिएको हो| बिपीए ग्रुपमा जापानका सफल नेपाली ब्यबसायी टिबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा बेल्जियमका ब्यापारी द्वय अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ रहेका छन्| यस अघि नै जुनमा भवन भट्ट र बेल्जियमका ब्यबसायी अर्जुनकुमार श्रेष्ठले अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा पहिलो पटक न्यु फ्ल्नांदर होटल संचालनमा ल्याएका थिए| संचालनमा ल्याएको ६ महिना पछाडी पुन दोश्रो होटल संचालन गरेका छन् | न्यु फ्ल्नांदरन  बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल थियो|

बेल्जियमको राजधानी ब्रुसेल्स देखि झन्डै ४५ किमीको दूरीमा अवस्थित आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र रहेको बेल्जियमको अन्त्वेर्पेंन शहरको केन्द्रमा रहेको यो होटल न्यु फ्लान्दर भन्दा दोब्बर ठूलो रहेको छ| यसमा १५० जनाको सभा/सेमिनारका लागि प्रविधियुक्त हल रहेको छ|

सन् २००५ देखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका एनआरएन युरोप संयोजक श्रेष्ठ युवा व्यवसायीको रुपमा परिचित छन| त्यसै गरी एनआरएन बेल्जियमका अध्यक्ष गुरुङ पनि बेल्जियमका ब्यबसायी मध्ये एक हुन्|

हाल संचालनमा रहेको अवस्थामा स्वामित्व लिएको बताउदै  श्रेष्ठले आगामी महिना देखि ब्यबसायिक किसिमबाट मर्मत कार्य शुरु गरी फेब्रुअरी महिनाको अन्तिम तिर भवन भट्टको उपस्थितिमा उद्घाटन गरीने कार्यक्रम रहेको जानकारी गराए|

hotel national

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको टिबीआई ग्रुपले शुक्रवार काभ्रेको पाँचखालस्थित ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको ४० करोडमा स्वामित्व लिएको छ| भट्टको टिबीआई गु्रपको नेपालमा यो पहिलो ठूलो लगानी हो| उनको यो ग्रुपले जापान तथा  युरोपमा पनि रेष्टुरेन्ट तथा होटल संचालन गरिरहेको छ| टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ|