नेपालले ‘टि-२०’ को अन्तराष्ट्रिय मान्यता गुमायो

can-nepal cricketअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई ट्वान्टी–२० वरियताबाट हटाएको छ । ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले जारी गरेको नयाँ वरियताबाट हटाईएको छ ।

उक्त वरियतासँगै नेपालले पाएको अन्तराष्ट्रिय ट्वान्टी-२० टोलीको मान्यता समेत गुमाएको छ । गत वर्ष बंगलादेश भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले ट्वान्टी-२० को मान्यता दिएको थियो तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालले उक्त मान्यता गुमाएको हो ।

आईसीसीले ओमानलाई ट्वान्टी-२० को मान्यता दिएको छ । ओमान यसपटक विश्वकपका छनोट भएको छ । यस्तै, आईसीसीले जारी गरेको नयाँ वरियतामा श्रीलंका पहिलो स्थानमा रहेको छ भने आयरल्याण्ड १५ औ स्थानमा रहेको छ । ओमानलाई भने आईसीसीले वरियतामा राखेको छैन् । ओमानले वरियताका लागि आवश्यक खेल नखेलेका कारण वरियतामा नराखेको हो ।

  • Post category:खेल