नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

nepal-cricketकाठमाडौ,    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्रदान गरेको छ।आईसीसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान नेपाललाई मान्यता दिने निर्णय गरेको हो|नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेको छ।

‘आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका  नेपाल र नेदरल्यान्ड्सलाई टी-ट्वान्टी को मान्यता दिन स्वीकार गरेको हो । अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्।

नेपालले विश्वकपमा गरेको प्रदर्शनको आधारमा यो मान्यता पाएको हो| यो नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको सबै भन्दा ठूलो सफलता हो|