नेपालमा २९ देशका कैदी

नेपालका २६ वटा जेलमा २९ देशका नागरिक छन्। कारागार व्यवस्था विभागका अनुसार नेपालमा ७४ जेलमध्ये ३६ जेलमा आठ सय ५० विदेशी कैदी छन्। कैदीबन्दी मध्ये सबैभन्दा बढी भारतीय छन्।

विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन्। त्यस्तै भुटान, बंगलादेश,चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफ्रिका, नेदरल्याण्ड, इरान, जाम्विया, नाइजेरिया, लाइवेरिया, भियतनाम, जापान, सियरालियोन, अष्ट्रिया, फिलिपिन्स र मोजाम्बिकका नागरिक जेलमा छन्।
अमेरिका, थाइलयाण्ड, पोल्याण्ड, स्विजरल्याण्ड, भाइभोरीकोष्ट, माली, तान्जानिया, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालका जेलमा परेका छन्।
भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना जेलमा छन्। नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटक पटक पक्राउ गरी जेलमा छन् । -नयाँ पत्रिका