नेपालद्वारा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य

Nepal Cricketबंगलादेशमा जारी आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच भइरहेको खेलमा नेपालले १४१ रन बनाएको छ । टस जितेर अफगानिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा उक्त रन बनाएको हो । अफगानिस्ताले जितका लागि एक सय ४२ रनको लक्ष्य पाएको छ ।
नेपालका तर्फबाट सुवास खकुरेलले ५६ रन बनाए भने शरद भेसवाकरले ३७ र ज्ञानेन्द्र मल्लले २२ रन बनाए । कप्तान पारश खड्का भने आज जम्न सकेनन् । उनी व्यक्तिगत १ रन बनाएर बाहिरिए ।
अफगानिस्तानका लागि शपुर जदरनले दुई विकेट लिए भने दौलत जदरन, मिरवाइस अफरन र मोहम्मद नाबीले एक–एक विकेट हात पारे ।

 

  • Post category:खेल