नेदरल्याण्डसमा २०० औ भानु जयन्ती मनाउन समारोह समिती गठन|

bhanubhakta-acharyaनेदरल्याण्डस् ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्डस्  शाखाले आदिकवि भानुभक्त आचार्यको द्वी-शतबार्षिकी मनाउन बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेलको प्रमुख संयोजकत्वमा भानुजयन्ती समारोह समिती गठन गरेको छ| भानुजयन्ती मनाउन नेपाल सरकारको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत गठित  मूल समारोह समितिका सदस्य पुष्प वरुवाल तथा नेदरल्याण्डस्  स्थित बिभिन्न सामाजिक सघ संस्थाका प्रतिनिधि सहित समिती गठन गरीएको हो|

कार्यक्रम आउदो जुलाई १४ सोमवार नेदरल्याण्डसको आम्स्ट्रडममा आयोजना गरीने भएको छ|यसै गरी अनेसास बेल्जियमले पनि जुलाई १३ आईतवार २०० औ भानु जयन्ती विभिन्न साहित्यिक कार्यक्रमको साथ मनाउने गरी राजदूत राममणि पोखरेलको संरक्षकत्वमा समारोह समिति गठन गरीसकेको छ|