‘नर्थ सिको किनारबाट’ कृतिबारे बेल्जियममा समिक्षा कार्यक्रम हुने

dp-kc north seaकवि दीपेन्द्र के.सी.को नवप्रकाशित कविता सँग्रह ‘नर्थ सिको किनारबाट’ माथि बेल्जियमको आन्तवर्पेन सहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा समिक्षा कार्यक्रम गरिने भएको छ ।
आउँदो जनवरी २९ गते दिउँसो ४ बजे नेपाल हाउस (Van Arteveldestraat 45, 2060 Antwerp) मा गरिने सो कार्यक्रममा बेल्जियममा रहेका साहित्यकारहरू तथा साहित्यअनुरागीहरूले कृतिबारे समिक्षा गर्ने र त्यसपछि कविसँग अन्तरकृया गर्ने कार्यक्रम निर्धारित भएको जनाइएको छ ।