दोहोरी कलाकारहरु फ्रान्स देखि स्पेन सम्म

विजयादशमीमा नेपालीलाइ मनोरञ्जन प्रदान गर्नुको साथै मनोरन्जनात्मक कार्यलाई सामाजिक बनाउने उदेश्य लिएर यहि ९ अक्टोवर फ्रान्सबाट शुरु गरिएको बडा दसैँ लोक दोहोरी घमाका फिनल्याण्ड पुगेको छ ।

कलाकारहरुको सहयोगको लागि स्थापित ‘परोपकारी संगीत कोष’ बृद्वीको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले शुरु गरेको अभियानका लागि गायक पुरुषोत्तम न्यौपाने सहभागी भएका छन ।

प्रतिष्ठानले फ्रान्स, बेल्जियम र फिनल्याण्डमा कलाकारहरु पुरुषोत्तम न्यौपाको साथ सुवास पुन, दीपक बुढाथोकी, जेवी वली, ईमानसिंह बुढा, शिव सुबेदी, भगवान भुजेल, सुमी सापकोटा, विनिता लामिछाने, रुक्मिणी भट्टराई, बिनोद भण्डारी र कुल मगर रहेको टोलीले विभिन्न प्रस्तुति प्रस्तुत गरिसकेको छ भने यहि १५ मा स्पेनमा कार्यक्रमको आयोजना गरि बडा दसैँ लोक दोहोरी धमाका २०१६ को बिट मार्दैछ ।

कलाकारहरुले ‘दशैँ आयो’, १६ वर्षे उमेरमा ..’, ‘राम छायाँ…’ ‘माया बैगुनी..,’ ‘सिमसिमे पानीमा..,’’कलिलो तामालाई..,’’बनमा फुल्यो फूल..,’ लागायत थुप्रै सालैजो, कौडा, रोइला, लोकपप, लोकझ्याउरे गीतहरु गएर दर्शकहरु मनोरंजन प्रदान गरेका छन ।

प्रत्यक्ष बाध्यबाधक हरुको साथ गाइएको दोहोरी कलालाई धेरै दर्शकहरुले मन पराएका छन ।

फोटाहरु विजयादशमीको दिन फिनल्याण्डमा आयोजना गरिएको कार्यक्रम