दीपिका बलिउडमा सबैभन्दा महङ्गी नायिका

Deepika-padukoneपछिल्लो समय निकै हिट चलचित्रहरू दिएपछि नायिका दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढि कमाउने नायिका बनेकी छन् ।

बलिउडको १०० करोडको क्लबमा उनको चार चलचित्रहरू समाबेस भएपछि यी नायिकाको सफलताले शिखर चुमेको छ । दीपिकाको अधिकांश चलचित्र व्यावसायिक रुपमा समेत सफल भइरहेको छ । यी नायिका अभिनीत चलचित्रहरू ककटेल, रेस २, ये जवानी हे दिवानी, चेन्नाई एक्सप्रेस, र पछिल्लो चलचित्र रामलीलाले बलिउड तताउन सफल भए संगै बक्स अफिसमा राम्रो व्यापार गर्‍यो ।

हुन त यी फिल्मबाट दीपिकाले पनि आकर्षक पारिश्रमिक पाइन् जसले उनलाई बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा दराएको छ । ‘पारिश्रमिक लिने सवालमा उनी अभिनेताको हाराहारीमा आइसकेकी छन्,’ फिल्मी व्यापारसम्बन्धी भारतीय विश्लेषक तरन आदर्शले भने, ‘ओम शान्ति ओम’ फिल्ममा काम गरे यता दीपिकाले काम गरेका प्रायः सबै फिल्म सफल छन् ।’ हुन पनि दीपिकाको केही समय यता दिन सप्रेको छ । उनलाई कामको व्यस्ततासँगै आकर्षक आम्दानी पनि छ । दीपिकाको पारिश्रमिक अन्य अभिनेत्रीको तुलनामा निकै बढी पुगेको बलिउड विश्लेषकहरूको भनाइ छ । तथापि हरेक फिल्ममा उनले के कति रकम असुलिन् भन्ने विषयमा कर तिर्नुपर्ने कारणले आधिकारिक जानकारी दिइएको छैन ।