दशैँ अवधिभर बाग्लुंगमा साढे एक अरव रेमिट्यान्स

बैदेशिक रोजगारीमा गएकाहरुबाट दशैंको दुई हप्ताको समयमा बाग्लुंग जिल्लामा साढे एक अरब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ | दशैंको समयमा बढी baglung mapमात्रामा पैसा पठाउने गरेकाले यस वर्ष एक अरव ५० करोड भन्दा बढी रेमिट्यान्स भित्रिएको मनी ट्रान्सफर व्यवसायी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवरले जानकारी गराए |बागलुङ जिल्लाबाट ४० हजार भन्दा बढी युवाहरु विभिन्न मुलुकमा रोजगारीमा गएका छन् |
दशैंमा विदेश गएकाहरु चाडबाड मान्न नेपाल आउँने बेलामा पैसा मनी ट्रान्सफरबाट पठाएर आउने गरेकाले गतवर्षको तुलनामा यस वर्ष बढी रेमिट्यान्स भित्रिएको कुँवरको भनाई छ | जिल्ला सदरमुकाम बागलुङ बजार लगायत व्यापारिक केन्द्रहरु हटिया, बुर्तिवाङ, कुश्मीसेरा, बरेङ लगायतका बजारहरुमा विभिन्न मनी ट्रान्सपर कम्पनी, बैंक तथा सहकारी संघ संसथाहरुले रेमिट्यान्सको काम गर्दै आइरहेका छन् |
जिल्लामा ३० भन्दा बढी कम्पनीहरुले रेमिट्यान्सको कारोवार गर्दै आइरहेको संघका अध्यक्ष कुँवरले बताए | हरेक समयमा सामान्य रेमिट्यान्स आउने भएपनि दशैंको बेलामा बढी मात्रामा आउँदा पैसा वितरणमै समस्या हुने गरेको बुर्तिवाङका रेमिट्यान्स व्यवसायी राम शर्माले बताए |
दशैं अवधीमा भित्रिएको रेमिट्यान्सको ५० प्रतिशत भन्दा बढी रकम दशैं किनमेलमै खर्च हुने गरेको छ | ‘दशैंका लागि विदेशबाट श्रीमानले पठाएको ५० हजार मध्य मध्य बालबच्चाका लागि कपडा, खाद्यान्न लगायतमा २५ हजार भन्दा बढी खर्च भएको छ |’ कपडा पसलमा कपडा खरिद गर्न आएकी भकुण्डेकी रमा थापाले भनिन |
बैंक तथा वित्तिय संस्थाहरुबाट सिधै पैसा पठाउने व्यवस्था हुँदा विदेशमा काम गर्नेहरुलाई समेत सहज भएको छ | ‘विदेशमा दुःख गरेर कमाएको पैसा कसरी घरसम्म पु¥याउँ भन्ने चिन्ता हुन्थ्यो, आजभोली मनी ट्रान्सफर भएपछि विदेशबाट हिड्दा पैसा पठाएर घरमै आएर बुझ्दा सहज भएको छ |’ विदेशबाट फर्किएका लोकबहादुर थापाले भने ।
विदेशबाट फर्कनेहरुले नगद बोक्न छाडेका कारण बुर्तिवाङमा पनि रेमिट्यान्स बढी मात्रामा भित्रिएको सहकारी सञ्चालक रामनारायण सुवेदीले बताए | ‘बीचमा लुटपाट होला भन्ने पनि डर नहुने भएकाले सुरक्षाका लागि बैंकबाटै पैसा पठाउनेको संख्या बढी छ |’ सुवेदीले भने |