तीजका अवसरमा ब्रसेल्समा पनि धुमधाम नाचे दीदि-बहिनी

घुम्दै फिर्दै फेरी आइपुग्यो नेपाली महिलाहरुको माझमा महान पर्ब हरितालिका तीज| ब्रुस्सेलबासी महिलाहरुले गत आइतबार २४ अगस्टका दिन हरितालिका तीज धुमधामका साथ मनाए|

IMG_0913आमा समूह ब्रुस्सेल्सद्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो | विभिन्न नया र पुराना तीजको गीतमा कम्मर भाचेर नाच्ने दिदीबहिनी मात्रै नभएर, दाजुभाइहरुपनि कार्यक्रमको अन्तमा उत्तिकै नाचेका थिए| ब्रुस्सेल बासी महिला मात्रै नभएर लुभेन र आन्तेर्वेर्पेन बाट पनि राता सारी र भरिपूर्ण घरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा नेपाली दाजुभाइहरुको भिड पनि कम थिएन। तिजको यस्तो रमझममा दिदिबहिनीको चालचलन, नाच र रमाइलोपन हेरेर अफुलाई सात समुन्द्र पारी छौ भनी अनुभब गर्ने नेपाली शायद कमै मात्रै थिए होलन ।

IMG_0912कार्यक्रम सन्चालन एसै आमा समूहका महासचिब सरु सिंखडा बाट भएको थियो भने अध्यक्ष संगीता कार्कीले कलशमा दियो बालि उपस्थित महानुभबहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो| र त्यसको लगतै तीजको गीतमा रमाइलो गरि सबै दिदिबहिनीहरु नाच्न सुरु गरिहाले र कार्यक्रमको अन्त्यस्तसम्म नाचिरहे| बीच बीचमा स्थानीय कलाकारहरुको अतिनै मनोमहक प्रस्तुति पनि थियो|

Teej Brussels 2071नेपाली तथा हिन्दु धर्मलम्बि महिलाहरुको पर्व हरितालिका तीज, धार्मिक र परम्परागत मान्यता मात्रै नभएर, नेपाली चेलीहरु एक आपसमा भेट घात, दुख सुख बाड्ने र बर्षभरिको पीरमर्का भुलेर रमाइलो गर्ने पर्ब पनि हुदै आएको हमीसबैमा अबगतै छ | तैपनि आज भोलि देख्न थालेको आडम्बरीपन अनि गलत दुरुपयोग र चोरि चाकरी प्रतिभने सम्बन्धित निकाएले समयेमै विचार गरि उचित कदम उठाउनुपर्ने पनि देखिएको छ|

जे जस्तै भएपनि बिदेशमा हुने एस किसिमको कार्यक्रमले बैदेशिक जिबन बिताइरहेका नेपालीहरुको लागि रमाइलोपन र रमझम मात्रै दिइरहेको छैन बरु साथमा चाड बाडमा सात समुन्द्रपारीको न्यास्रोपन पनी मेटाउने गरेको छ| एती मात्रै नभएर बिदेशमा जन्मिएका, हुर्कदै आएका नया नेपाली पुस्ताले पनि आफ्नो चालचलन रितिरिवास प्रत्यक्ष रुपमा सिक्ने र देख्ने मौका पनि पाइरहेका छन्|

तीजको रहर आयो बरी लई। तीजको रहर आयो बरी लई।

हरी कृष्ण श्रेष्ठ
गोकर्ण, हाल ब्रुस्सेल