तिब्बती शरणार्थीभित्रै नागरिकता र राहदानी बनाउने गिरोह

तिब्बतीलाई नेपाली नागरिकता र राहदानी बनाइदिने समूह सक्रिय रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाबाट एक तिब्बती युवतीलाई नागरिकता बनाइदिने तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । तिब्बती डेचेन याङत्सुले रसुवा टिमुरे ४ का धनबहादुर तामाङकी छोरी सीता तामाङ भएको झुटो विवरण पेस गरी नागरिकता लिएक छिन् ।
Passport_nepalउनले सीता तामाङको नामबाट २३१०२८÷३९ नम्बरको नागरिकता रसुवाबाट लिएकी हुन् । त्यही नागरिकताका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले उनलाई ०७३५५०२७ नम्बरको राहदानी दिएको छ । डेचेनलाई नागरिकता दिलाउन बिचौलियाको भूमिका निर्वाह गर्ने तिब्ब्ती शरणार्थी ग्यात्से लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिन अघि पक्राउ गरेपछि रहस्य खुलेको हो ।
डेचेनले ग्यात्सेलाई एक लाख रुपैयाँ दिउको र उनैले नेपाली नागरिकता बनाइदिएको बयान दिएकी छिन् । ग्यात्से २६२८ नम्बरको परिचयपत्रवाहक तिब्बती शरणार्थी हुन् । अध्यागमन विभागको हिरासतमा रहेकी डेचेनको बयानका आधारमा प्रहरीले ग्यात्सेलाई बौद्धबाट पक्राउ गरेको हो । अन्नपूर्ण पोस्ट