डेनमार्क एनआरएनमा पनि पार्टीगत भागबन्डा

डेनमार्कमा अगस्ट १५ मा आयोजित एनआरएनको अधिवेशनको तयारी भै रहेको छ । उक्त अधिवेशनका बारेमा डेनमार्कबासी नेपालीहरुले विशेष चासो देखाईरहेका छन् । युरोपमा अन्यत्रका एनआरएन झैं डेनमार्कमा पनि राजनीतिक खिचातानीका कारण विवादित बन्दै गइरहेको छ ।  स्मरण रहोस्, यस अघि एनआरएन डेनमार्कको कार्य समिती वैठकले डोलराज आचार्य (नविन) को संयोजकत्वमा निर्वाचन समिती गठन गरेको थियो । तर आचार्यको निर्वाचन समितिका बारेमा व्यापक असन्तुष्टी भएपछि त्यसमा परिमार्जन गर्ने माग चर्केको छ ।denmark NRNडेनमार्कको नेपाली जनप्रगतिशिल मञ्चले निर्वाचन कमिटीमा आफ्नो प्रतिनिधि नपरेको बिरोधमा  असन्तुष्टि जनाएको छ।  निर्वाचन अघि नै विवादित एनआरएन डेनमार्कको आसन्न निर्वाचन सहज र सर्वस्विकार्य नहुने छाँट देखिएको छ ।
नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहे पनि त्यो सार्थक नहुने देखिएको छ। निर्वाचन कमिटी गठन हुनासाथ विवादको घेरामा तानिएको र एनआरएन स्वतन्त्र संस्था भए पनि यसमा विभिन्न दलका विदेशस्थित भ्रातृसंस्थाका कार्यकर्ताको हालीमुहाली चल्ने गरेको छ। आसन्न चुनावका लागि दलसम्बद्ध भातृसंस्थाहरूले आ–आफ्ना प्यानल मैदानमा उतारिसकेका छन्।
विगतमा डेनमार्क एनआरएनमा पार्टीगत भागबन्डा गरी त्यसैलाई सहमतिको नाम दिएर चुनाव नगरी मिलाउने चलन थियो। यसपाली पनि यस्तै भागबन्डा हुने ठानेर अध्यक्षमा मात्र ६ जना प्रतिस्पर्धी देखा परिसकेका छन् ।  अध्यक्षमा दावी गरेपछि कुनै पद पाइएला की भन्ने तिनको आश देखिन्छ ।
अहिलेको एनआरएन डेनमार्कको  राष्ट्रिय कमिटीमा कांग्रेस समर्थक मोहनराज शर्मा मिश्र अध्यक्ष रहेका छन् । अध्यक्ष मिश्र र कमिटीमा राम्रै भाग पाएको एमाले आफ्ना मान्छेहरूलाइ बनाउने तयारीमा छन् भने नयाँ कमिटीमा माअोवादीले आफ्नो भाग खोजीरहेको छ ।
अहिले सदस्यता वितरण चलिरहेको छ । १३ जुलाइमा सकिएको समयलाइ २२ जुलाइसम्मको समय सिमा बढाउने र्निर्णय गरिएको छ । आफ्नो पक्षमा ज्यादा सदस्य बनाउन राजनीतिक दलहरूको चलखेल बढेको छ ।