डेनमार्कमा भानुजयन्ती मनाईदै|

bhanubhakta-acharyaकोपेनहेगन ,   आदिकवि भानुभक्त आचार्यको द्वि-शतवार्षिकी डेनमार्कमा पनि मनाईने भएको छ|कार्यक्रम यहि जुन २० शुक्रवार भर्डेन्स कल्चर सेन्टरमा आयोजना गरिने भएको छ|द्वि-शतवार्षिकी भव्यताका साथ मनाउनको लागी पूर्ण बन्धनको संयोजकत्वमा“आदिकवि भानुभक्त आचार्य द्धी-शतवार्षिकी कार्यकारी समिती” समेत गठन गरीएको छ|

नेपाल सरकारले आदिकवि भानुभक्त आचार्यको द्धीशत्वार्षिकी मनाउने निर्णय गरे अनुरुप डेनमार्कमा भानु द्वि-शतवार्षिकी मनाउन लागिएको हो|नेपाली भाषा र साहित्यको विकासमा अतुलनिय योगदान दिएका भानुभक्तको सम्मानमा हुन लागेको उक्त कार्यक्रममा  भानुभक्तीय गीति रामायणको मन्चन,भानुभक्तको वृतचित्र प्रदर्शन, भानुभक्त सम्बन्धी गिती नाटकका साथै नेपाली तथा डेनिस लोक नृत्य समेत प्रदर्शन समेत गरीने भएको छ|