डरलाग्दो सपना बन्यो सुखद् समाचार

bxl car destroy
फोटो- बेल्गा

गत हप्ता ब्रसेल्समा भएको सरकारविरोधी जुलुसका क्रममा क्षति भएको कारमालिकका निम्ति डरलाग्दो सपना अन्ततः सुखद् समाचार बनेको छ ।

कर्मचारी र कामदारहरूको सो जुलुसका क्रममा एक सानो पहेंलो रंगको पेजो कार प्रदर्शनकारीहरूले ध्वस्त पारीदिएका थिए । त्यो कार एक इलेक्ट्रीसियनको भएको, दैनिक जीवनमा अत्यावस्यक भएको र उनले सामान्य खालको बिमा गरेको कारण बिमा कम्पनीले क्षतिपूर्ति नदिने समाचार प्रकाशमा आएको थियो ।

त्यस्तो समाचार पढेपछि ब्रुनो दिलेन नामक एक ब्यक्तीले सोसल मिडियामा सहयोगको निम्ति आव्हान गरेका थिए । उनले सहयोग मागेको रकम एक घण्टा मै जुटेको थियो । त्यति मात्र होइन, स-साना सहयोग जोड्दा १७ हजार युरो भन्दा बढी उठेपछि सो अतिरिक्त रकम अन्य पिडितहरूलाइ पनि बाँड्ने बताइएको छ ।