जस्टीन बिबरकी एक्स हलिउड अभिनेत्री सेलेना नेपालमा

Selena-Gomezहलिउड अभिनेत्री तथा गायिका सेलेना गोमज तीन दिनयता नेपालमा छिन्। पप गायक जस्टीन बिबरसँग प्रेम सम्बन्ध तोडिएपनि उनलाई चटक्क भुल्न नसकेकी सेलेनाले मन बहलाउन यो हिमाली मुलुकको बाटो समाएकी हुन् वा होइनन् भने प्रष्ट छैन ।

युनिसेफकी सद्भावनमा दूत रहेकी उनी महिला तथा बालबालिकासम्बन्धी जनचेतानाका लागि सुटुक्क आएको उच्च प्रहरी स्रोतले जनाएको छ। सेलेना तीन दिनदेखि यहाँ रहेपनि उनको आतिथेय युनिसेफले यसबारे औपचारिक जानकारी गराएको छैन्।

उनी नेपाल आएको तथ्य समाजिक संजालबाट खुलेको हो। नेपाली फ्यानहरुले उनीसँग खिचाएका तस्बिर, ट्वीटर र फेसबुकमा पोस्ट गरेका छन्। उनी सोमबार मध्यान्ह कोरियन एयरबाट विमानस्थल ओर्लिएको थिइन्। आएकै दिन उनी भक्तपुर दरबार स्क्वायर घुम्न गएकी थिइन्। त्यसको भोलिपल्ट उनी नेपालगंज हुँदै बर्दिया पुगेको समाचार छ ।

सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो फेसबुक पेज र टि्वटरमा नेपाल आएको उल्लेख गरेकी छैनन् ।