‘छ एकान छ’ सफल भएपछि लाभांश बाँड्दै

हास्यप्रधान फिल्म छ एकान छले अन्ततः व्यावसायिक दौडमा पनि बाजी मार्यो। पहिलोपटक सानो पर्दाका चर्चित हास्य कलाकारहरूले अभिनय गरेको फिल्मले सफलता पाएको ७ महिनापछि यसले आइतबार राजधानीमा सक्सेज पार्टीको आयोजना गरेको छ। कुल ६० लाख लगानी भएको फिल्मले १ करोड १५ लाख ग्रस कलेक्सन गरी निर्मातालाई ६५ लाख मुनाफा दिलाएको थियो।

6 ekan 6 filmफिल्मबाट फाइदा हुनेबित्तिकै मुनाफा बाँड्नै पर्छ भन्ने छैन। अझ केही वर्षअगाडिको स्मरण गर्ने हो भने त प्रदर्शनको ५१औं दिन पुगेपछि कतिपय फिल्मले लाभांश दिनुपर्ला भनेर त्यस्तो रेकर्ड बन्नुअघि नै हलबाट फिल्म उतार्ने गरेको पनि पाइन्छ। तर छ एकान छले राम्रो मुनाफा दिलाएपछि यसको निर्माण समूहले खुसी हुँदै यसमा काम गर्ने प्राविधिकदेखि कलाकारसम्मलाई लाभांश बाँडेको छ। तिते जिरे मेरी बास्सै गाईजात्रा महोत्सव २०७१ को समापन तथा छ एकान छको सक्सेस पार्टी एक साथ दिइएको कार्यक्रममा कलाकारलाई र प्राविधिकलाई लाभांशसँगै आर्थिक सहयोग पनि गरिएको छ।

फिल्मका मुख्यमध्येका एक कलाकार तथा निर्माता दीपकरज गिरीका अनुसार प्राविधिक कलाकारलाई कम्तीमा ३ हजारदेखि बढीमा ४० हजार रूपियाँसम्म बोनस प्रदान गरिएको छ।