छोरीका प्रेमीलाई रुखमा बाँधेर खुट्टामा किला

आफ्नी छोरीसँग प्रेम गरेको भन्दै सप्तरीमा एक युवकलाई रुखमा बाँधेर खुट्टामा किला ठोकी यातना दिइएको छ । देउरी भरुवा गाविसका वीरेन्द्र यादवसहिले रुखमा हात–खुट्टा बाँधी खुट्टामा किला ठोकी शनिबार दिउँसो यातना दिएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। rukha badher sajaya

आफ्नी चेलीसँग प्रेम गरेको भन्दै यादवसहतिले फर्सेठ गाविस–९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवलाई चारपाटा मुडेर डोरीले रुखमा बाँधी खुट्टामा किला ठोकेर यातना दिएको पीडितका बाबु छोटेलाल यादवले बताएका छन् । यातना दिने क्रममा वीरेन्द्रसहितले अनिलकुमारको आँखामा सिरञ्जिले समेत रोपिदिएको बुवा छोटेलालले बताए ।

यातनापछि बेहोस भएका अनिलकुमारको राजविराजस्थित अञ्चल अस्पतालमा लगिएकोमा उपचार हुन नसकेपछि विराटनगर लगिएको सप्तरी प्रहरीले जनाएको छ ।  पीडितकी आमा फुदीदेवीका अनुसार वीरेन्द्रसहितले फोन गरी घरमा बोलाएर सुपारीको रुखमा बाँधेर दायाँ खुट्टामा किला ठोक्नुका साथै टाउको र शरीरमा लाठ्ठीले कुटपिट गरेका थिए । अनिलको देब्रे आँखामा सिरञ्जिले रोपिएको छ ।

यातनाबाट गम्भीर घाइते अनिल बोल्न सक्ने अवस्थामा नरहेको चिकित्सकले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक केदार ढकालले पीडितको उजुरीपछि आरोपितमध्ये देउरी भरुवा–१ का वीरेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

पीडितपक्षले वीरेन्द्र, उनका दाजु मुसहरु यादव, मुसहरुका छोरा कान्छा भनिने कृष्णमोहन यादवले यातना दिएको उल्लेख गरेका छन् । वैदेशिक रोजगारका लागि सोमबार मलेसिया उड्न लागेका अनिलले यातना भोग्नपुरेपछि अस्पताल पुग्नु परेको छ ।