छैटौँ नेफ्टा फिल्म अवार्ड २०१३ मा आर्यन र ऋचा सर्वोत्कृष्ट

kathmandu-nepali-movieनेपाली कथानाक चलचित्र ‘माई लभ स्टोरी’ बाट नायक आर्यन सिग्देल र नायिका ऋचा शर्माले छैटौ नेफ्टा फिल्म अवार्ड २०१३ मा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड हात पारेका छन्|शुक्रवार नेपाल चलचित्र प्राविधिक संघ द्वारा पहिलो पटक मलेसियाको क्वालालम्पुरमा आयोजित उक्त समारोहमा काठमाडौंले बेस्ट फिल्मको उपाधि हात पारेको छ|चलचित्रका ३२ विधामा पुरस्कार वितरण गरीएको थियो| जस अन्तर्गत-

बेस्ट फिल्म  –काठमाडौं,सहअभिनेता -ओम प्रतीक(फर्की आउ),सहअभिनेत्री- नन्दिता केसी(फिल्म मालतीको भट्टी),चरित्र अभिनेता- गणेश उप्रेती (फिल्म काठमाडौं),चरित्र अभिनेत्री- गौरी मल्ल (फिल्म काठमाडौं),डेब्यु अभिनेत्री- प्राप्ति घिमिरे,डेब्यु अभिनेता- संयम पुरी र सविन श्रेष्ठ,बेस्ट डाइरेक्टर  –आकाश अधिकारी,बेस्ट डेब्यु डाइरेक्टर-निश्चल बस्नेत,बेस्ट आर्ट डाइरेक्टर-निर्जल श्रेष्ठ,बेस्ट डान्स डाइरेक्सन- रेनशा राई,बेस्ट फाइट डाइरेक्टर- चन्द्र पन्त (फिल्म रावण),बेस्ट इडिटर- सुरेन्द्र पौडेल,बेस्ट स्टोरी- कर्ण शाक्य(फिल्म पल),बेस्ट लिरिक्स – किरण खरेल (फिल्म पल),बेस्ट डाइलग- ओम प्रतीक(फिल्म फर्की आउ),बेस्ट साउन्ड मिक्सिङ- उत्तम न्यौपाने,बेस्ट मेल प्लेब्याक सिंगर -राजेशपायल राई,बेस्ट म्युजिक- सुरेश अधिकारी,बेस्ट ब्याकराउन्ड स्कोर -एलिश कार्कीले,वेस्ट फिमेल प्लेब्याक सिंगर- माण्डवी त्रिपाठी,बेस्ट आर्टिस्ट इन नेगेटिभ रोल- झरना थापा(फिल्म फेसबुक),बेस्ट चाइल्ड एक्टर- शिर्षक सापकोटा,बेस्ट मेकअप- राजेश पाण्डे,बेस्ट ड्रेस -नीलिमा शर्मा,बेस्ट सिनेम्याटोग्राफी -राजेश श्रेष्ठ,बेस्ट म्युजिक एरेन्जमेन्ट- महाराज थापाले अवार्ड हात पारे |

अवार्ड कार्यक्रममा बिगत ४६ वर्ष देखि रंगमंचमा काम गर्दै आएका अभिनेता नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट उपाधि प्रदान गरीयो| नेपालका लागी मलेसियाली राजदूत निरन्जनमान सिंह बस्नेतको प्रमुख आतिथ्य र थुप्रै नेपालीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाली नायक र नायिकाहरुले नेपाली र नृत्य प्रस्तुत गरेका थिए|