चितवनका गाविस : शत प्रतिशत साक्षर

नेपाल मै नमुना पेस गर्दै चितवनका गाउँहरू धमाधम पूर्ण साक्षर बन्दै गएका छन् ।

जिल्लाका तीन वटा गाविस नेपालमै पूर्ण साक्षर घोषणा हुनुले पनि यहाँका साक्षरता अभियान्ताहरू हौसिएका छन् । यसअघि चितवनको फूलबारी, गीतानगर र शिवनगर गाविसलाई नेपालमै पहिलोपटक पूर्ण साक्षर घोषणा गरिएको थियो ।

थप अहिले, पश्चिम चितवनको शारदानगरलाई नेपालमै चौथो पूर्ण साक्षर गाविस घोषणा गर्ने कार्यक्रम रहेको छ ।

चितवनको फूलबारी गाविस गएको वर्ष देशमै पहिलो पूर्ण साक्षर गाविस घोषणा भएको थियो ।

Education in Nepalत्यस्तै शिक्षा प्रतिशतमा अब्बल रहेको गीतानगर यही असार १७ गते देशकै दोस्रो पूर्ण साक्षर गाविस बन्न सफल भयो भने गएको हप्ता मात्र पश्चिम चितवनको शिवनगर देशकै तेस्रो पूर्ण साक्षर गाविस घोषणा भएको बताइएको छ ।

गाउँका निरक्षर ८०३ जना वृद्ध अभिभावक साक्षर बनेपछि  शत प्रतिशत साक्षर गाविस बन्न सफल भएको हो । सदमुरकाम भरतपुरबाट १५ किलोमिटरभित्र रहेको शिवनगरमा एक हजार ७८८ घरधुरी बसोबास गर्छन् ।

गाविसमा सञ्चालन भएका ३३ वटा अनौपचारिक कक्षामा पुरुषको सङ्ख्यामा कम रहे पनि महिलाहरूले राम्रो अक्षर चिनेको विश्वज्योति सामुदायिक केन्द्रका संयोजक भुवानीप्रसाद पौडेल बताउनुहुन्छ ।

सरकारले सन् २०१५ सम्ममा नेपाललाई पूर्ण साक्षर बनाउने योजनाअनुसार चितवनमा साक्षरता अभियान तीव्र रुपमा अगाडि बढेको छ । पछिल्लो जनगणनामा चितवनको साक्षरता प्रतिशत झन्डै ७७ रहेको छ ।