चपाउँदा पनि बिजुली !

क्यानडाका बैज्ञानिकहरुले मानिसले चपाउँदा बिजुली निकाल्न सकिने मेसिन बनाएका छन् ।
मानिसले चपाउँदा उत्पन्न हुने प्रतिक्रियालाई उक्त मेसिनले बिजुलीमा बदल्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।
chapauda-pani-electricityतर कुनै पनि कार्यमा प्रयोग गर्न सकिने स्तरमा बिजुली उत्पादनका लागि भने अहिले तयार भएको मेसिन अर्थात पट्टाको क्षमता २० गुणा बढाउनु पर्नेछ । यो पट्टाले कानमा प्रयोग हुने मेशिन तथा विभिन्न ग्याजेटहरुको ब्याट्रीको स्थान लिने वैज्ञानिकहरुको दावी छ ।
मानिसको अनुहारको दाँतको आडमा लगाइने एक स्मार्ट पदार्थमा चपाउँदा पर्ने दबाबले बिजुली उत्पादन हुने वैज्ञानिकहरुले बताएका छन् । एक मिनेट चपाउँदा १८ माइक्रो वाट बिजुली उत्पादन हुने शोधकर्ताहरुको भनाई छ । यो शोध बेलायतको इन्स्टिच्युट अफ फिजिक्सको जर्नलमा प्रकाशित भएको छ ।