गैर आवासीय नेपालीहरु बिजुली उत्पादन तर्फ

nepal_electricityगत २०११ सेप्टेम्बरमा नेपालमा १ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको अग्रसरतामा स्थापना गरिएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीले सक्रियतापूर्वक काम अघि बढाएको छ ।

कम्पनीमा हाल बिश्वका बिभिन्न मुलुकका ७ सय ८५ जना गैरआवासीय नेपालीले करिव १ अर्ब रुपैयाँ संकलन गरेका छन। कम्पनीको संस्थापक सेयरधनी बन्ने उनीहरुले १ लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने प्राबधान छ। यसै अन्तर्गत द. कोरियामा रहेका नेपालीहरुले पनि एन आर एन कोरियाको सक्रियतामा राष्ट्रको बिकासको लागि र नेपाललाई अन्धकारबाट मुक्त गराउनको लागि भनेर गत ३१ डिसेम्बर सम्ममा १६५ जना शेयर धनीबाट लगभग ७ करोड रुपैयाको हाराहारिमा लगानी गर्न सफल भएको छ। जसमद्यको प्ररम्बिक चरणको २५% शेयर बरावरको रु २ करोड एन आर एन इन्भेष्टमेन्ट कम्पनीको खातामा जम्मा गरि सकिएको छ। यसरी प्रारम्बिक चरणमा केहि वर्ष राष्ट्रलाई सहायोग र त्यस पछि नियमित भए पछि आम्दानीको श्रोत बन्न सक्ने यस्तो अमुल्य कार्यक्रममा सामेल हुने सम्पूर्ण कोरिया बाशी नेपालीहरुलाई एन आर एन कोरियाको तर्फबाट अध्यक्ष के पी सिटौलाले हार्दिक धन्यबाद ज्ञयापन गर्नुका साथै आगामी दिनमा पनि यस्ता सिर्जनसिल कार्यक्रममा यहाँहरुको सहयोगको अपेक्षा राख्दछौ भन्नु भएको छ। साथै कोरियाको तर्फबाट लगानीकर्ताहरु सबैलाई व्यक्तिगत इमेल मार्फत कम्पनीले रकम प्राप्त गरेको रसिद पठाई सकेको छ। यदि कसैले रसिद नपाएर अन्य कुनै त्रुटी भएका कोरिया बाशी नेपाली लगानी कर्तालाई सिदै एन आर एन इन्भेष्टमेन्ट कम्पनी काठमाडौँमा इमेल अथवा फोनमा सम्पर्क राक्नु हुन पनि यसै सूचना मार्फत श्री सिटौलाले जानकारी गराउनु भयो।

बिश्वभर रहेका गैरआवासीय नेपालीहरुले संकलन गरेको सामूहिक लगानीबाट लमजुङमा २७ मेगावाट क्षमताको ‘दोर्दी खोला जलबिद्युत आयोजना’ निर्माण गरिने पक्का भएको छ। आईएमई समूह अन्र्तगतको हिमालयन पावर पार्टनर कम्पनीको स्वामित्वमा रहेको यो परियोजनाको ५१ प्रतिशत सेयर हालै एनआरएन इन्भेष्टमेन्ट कम्पनीले खरिद गरेको छ। छिटोमा यहि बैशाकको बीचबाट कार्य सुरु गरि सन् २०१७ अप्रिलबाट ब्यबसायीक उत्पादनथाल्ने लक्ष्यअनुसार अहिले परियोजनामा बित्तिय स्रोत ब्यबस्थापन र तयारीको काम भइरहेको छ। करिव ४ अर्ब ३० रुपैयाँको लागतमा निर्माण हुने परियोजनामा गैरआवासीय नेपालीहरुको ५१ प्रतिशत सेयर रहनेछ।

एनआरएनले सेयर खरिद गरेसँगै नयाँ कम्पनीमा हिमालयन पावर पार्टनरका चन्द्रप्रसाद ढकाल र गुरुप्रसाद ढकाल र एनआरएन इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट रामेश्वर साह, शेष घले र महेशकुमार श्रेष्ठ बोर्ड सदस्य चयन भएको जानकारी छ।