गिरफ्तार व्यक्तिलाई किक हान्ने प्रहरीहरू छानविनमा

police-beaten-midiएक शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीहरूले जथाभावी हातपात गरेको भिडियो सार्वजनिक भएपछि बेल्जियन प्रहरीले जाँचबुझ टोली गठन गरेको छ । राजधानी ब्रसेल्सको दक्षिणी नगरपालिका आन्दरलेखमा सो घटना भएको थियो ।

थुप्रै आपराधिक घटनाहरूमा सँलग्न भेटिएको भनिएको सो गिरफ्तार व्यक्तिले प्रहरीलाइ आफ्नो परिचय-पत्र देखाउन इन्कार गरेको र गिरफ्तारीमा प्रतिवाद गरेको आरोप प्रहरीले लगाएको छ । भिडियो फुटेजमा गिरफ्तार भइ सकेपछि पनि थुप्रै प्रहरीहरूले किक हानीरहेको देख्न सकिन्छ । सो भिडियो सार्वजनिक भएपछि बेल्जियन प्रहरीको आलोचना भएको छ । त्यसैबारे प्रष्ट पार्न छानविन समिति बनेको हो ।