गान्धीको प्रेरणा

gandhi_quoteके तपाईं महात्मा गान्धीबाट प्रेरित हुनुहुन्छ ? गान्धीको विचारले करोडौं भारतीयहरूलाई ब्रिटीश उपनिवेश र शोषणका विरूद्ध अहिंसक विरोध गर्न प्रेरणा मिल्यो । गान्धीले नोबेल शान्ती पुरस्कार पाएनन् तर सो उनलाई प्रदान नगरिनु नै अहिले पुरस्कारको अँध्यारो पक्ष बनेको छ । अमेरिकाको टाइम म्यागेजिनले बिसौं शताब्दीका महान ब्यक्तित्वहरूमा आइन्स्टाइनपछि दोस्रो नम्बरमा राखेको थियो गान्धीलाई । उनको ज्ञान र दर्शन सदैव हाम्रानीम्ति प्रेरणाको श्रोत रहेका छन् । यहाँ गान्धीका १० प्रमुख प्रेरणादायक उद्धरण उल्लेख गरिएका छन् जुन तपाईं हाम्रो दुनिया परिवर्तन गर्ने तागत राख्छन्-
१, शुरूमा उनीहरूले तिमीलाई उपेक्षा गर्छन् । त्यसपछि तिमीप्रति उनीहरू हाँस्छन् । अनि उनीहरू तिमीसँग लड्छन् । त्यतिखेर तिमीले जित्छौ ।
२, कमजोर ब्यक्तीले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा शक्तिशाली ब्यक्तीको विशेषता हो ।
३, तिमीलाई के लाग्छ, तिमीले के सोँच्छौ, र तिमीले के गर्छौ भन्ने कुराको सामञ्जस्य नै खुशी हो ।
४, मख्ख पार्न गरिएको एक ‘हुन्छ’ भन्दा वा समस्या छल्न गरिएको कदमको तुलनामा गहिरो दृढ़ विश्वासले भनिएको एक ‘हुन्न’ राम्रो हुन्छ ।
५, कुनै पनि कायर ब्यक्ती प्यार प्रदर्शन गर्न असमर्थ हुन्छ, यो बहादुर ब्यक्तीको विशेषाधिकार हो ।
६, मान्छेले जे सोँच्छ र जुन विचारको उत्पादन हो, ऊ त्यही बन्छ ।
७, जनताको दिल र आत्मामा त्यस देशको संस्कृतिले बास गरेको हुन्छ ।
८, विचार, शब्द र कर्मको पूर्ण सामन्जस्यताको प्रयत्न गर । सदैव आफ्नो विचारको शुद्धतामा ध्येय राख, सबैकुरा ठीक हुनेछ ।
९, एउटा त्रुटि ब्यापक प्रचारले सत्य बन्दैन, न त कसैले नदेखेको सच्चाई त्रुटि बन्छ ।
१०, भब्य उपदेशको तुलनामा स्यानो अभ्यासको अधिक मूल्य हुन्छ ।