क्षेत्री समाज बेल्जियमले चेलीहरुलाई दर खुवायो

बेल्जियममा रहेका नेपाली चेलीहरुको दर खाने रहरलाई क्षेत्री समाज बेल्जियमले पूरा गरिदिएको छ|महिलाहरुको हरितालिका तीजको अवसरमा ईन्द्र धनुषteej kshetri samaj क्लव बेल्जियमले बेल्जियमको लुभेन स्थित ब्रुल पार्कमा आईतवार आयोजना गरेको कार्यक्रममा जमघट भएका झन्डै २०० दाजुभाई तथा दिदीबहिनीहरुलाई दर खाने कार्यक्रमको बन्दोबस्त क्षेत्री समाजले गरेको थियो |

उक्त तीज बिशेष दर खाने कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ थिए भने कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष सूर्य ढकालले गरेका थिए | अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए | उपस्थित सबैलाई दर खुवाउन पाएकोमा समाजका अध्यक्ष मोहन खत्रीले खुशी व्यक्त गरे |

उपाध्यक्ष यशोदा थापाको शुभकामना मन्तव्य र महासचिव बिष्णु सापकोटाको संचालनमा भएको कार्यक्रम दुई चरणमा विभाजित गरिएको थियो | जसमा पहिलो चरणको कार्यक्रम औपचारिकको रुपमा रहेको थियो भने दोस्रो चरणको कार्यक्रम दर खाने र रमाइलो गर्ने कार्यक्रम रहेको थियो |teej debika kc

कार्यक्रममा तीजको शिलशिलामा युरोप आएकी नेपाली लोक दोहोरी गायिका देविका केसीले तीजका गीत गएर माहौल तताईदीन |उनले ‘बाजी
ठोकौ…..’,सुनको चुरा……..,’हामी नेपाली……’ लगायत अन्य गीतहरु गईन |गायिका आफु पनि नाचिन र चेलीहरु पनि मज्जैले नचाईन |

दैनिक व्यस्त रहने चेलीहरु त्यस दिन भने रातो साडी र छड्के तिलहरीको पहिरनमा सजिएर दर खानमा मस्त देखिन्थ्यो | यसरी पूर्खादेखि चलिआएको परम्परागत दर खाने प्रथालाई प्रवासको भूमिमा उजागर गर्नु पनि सह्रानीय कार्यको रुपमा लिनु पर्दछ | यस्ता प्रकारका कार्यक्रमहरुको आयोजनाले साच्चिकै बेल्जियममा रहेका चेलीहरुको माइतीको सम्झना बिर्साई दिएका छन् |teej 2tiij 1