क्षेत्री समाज बेल्जियमको अध्यक्षमा मोहन खत्री

क्षेत्री समाज बेल्जियमको अध्यक्षमा मोहन खत्री निर्वाचित भएका छन| शनिवार लुभेनमा सम्पन्न समाजको दोश्रो अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो| २ बर्षे कार्यकालको लागि उपाध्यक्षमा मुना केसी, महासचिव नगेन्द्र बस्नेत, सचिब राजु रेग्मी र सदस्यहरुमा बिकाश कार्की, रमेश कार्की, रकेन्द्र धिमिरे, ज्ञानु बडुवाल, मदन तिमिल्सिना, दिपेन्द्र के.सी,  दुर्गा थापा क्षेत्री, जितेन्द्र के.सी, झलक के.सी र दिपक कार्की चयन भएका छन्| समाजको १५ सदस्यीय कार्य समिति रहने व्याबस्था छ|

निर्वाचित भए लगत्तै अध्यक्ष खत्रीले भाषा, संस्कृति नै नेपालीहरुको परिचय भएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्वनमा लाग्ने बताए| उनले प्रवासमा जातीय सद्वभाव कायम गर्दै अन्य सामाजिक संघ सस्थाहरु सग हालेमालो गर्दै अगाडी बढ्ने समेत बताए|
समाजका जेष्ठ नागरिक ज्ञान बहादुर केसीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा महासचिब गोबिन्दसिंह अधिकारीले प्रगति र कोषाध्यक्ष सावित्रा बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए|विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी सभामा एनआरएन अध्यक्ष प्रेम गुरुङ,आईसीसी सदस्यद्वय रबिन्द्रमान श्रेष्ठ र शिवकुमार बरुवालले नव निर्वाचित समितीलाई कार्यसफलताको शुभकामना दिएका थिए| कार्यक्रममा नेपालबाट युरोप यात्रामा आएकी कलाकार रमा न्यौपानेलाई सम्मान गरिएको थियो|
सन २०१० मा स्थापना गरिएको समाजले बेल्जियममा नेपाली कला,संस्कृतिका साथै परोपकारी कार्य समेत गर्दै आईरहेको छ|
– दीपकज्योति पौडेल

Chettri Samaj 2nd Convention 183