क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

Cristiano-Ronaldoस्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने फुटबलरहरुको सूचीमा रोनाल्डो शिर्ष स्थानमा रहेका हुन् ।
धेरै कमाउने फुटबल खेलाडी बन्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । पत्रिकाका अनुसार पोर्चुगिज रोनाल्डोको कमाइ ८२ मिलियन डलर रहेको छ । पत्रिकाका अनुसार रोनाल्डोको कमाइमा ५३.३ मिलियन डलर तलब र अन्य बोनसबाट आउँछ ।
दोस्रो स्थानमा बार्सिलोनाका मेस्सीको कमाइ ७७ मिलियन डलर छ । जसमध्ये ५०.५ मिलियन डलर तलब र बोनसबाट आउने रहेको छ । सर्वाधिक कमाउने फुटबलहरुको सूचीको तेस्रो स्थानमा जाल्टन इब्राहिमाभिच छन् । चौथो स्थानमा ब्राजिलियन नेयमार र पाँचौं स्थानमा वेल्सका ग्यारेथ बल छन् ।
यस्तै फोर्ब्सले सार्वजनिक गरेको सर्वा्धिक कमाइ गर्ने क्लबमा रियल मड्रिड रहेका छन् । सर्वा्धिक कमाउने क्लबको दोस्रो स्थानमा बार्सिलोना छ भने तेस्रो स्थानमा म्यान्चेस्टर युनाइटेड रहेको छ । त्यस्तै चौथोमा वायर्न म्युनिख र पचौमा आर्सनल रहेका छन् ।

  • Post category:खेल