क्यानडाका नेपालीले सहकारी बैंक खोल्ने

क्यानडाबासी नेपालीहरुले आफ्नै समुदायभित्र आर्थिक कारोवार संचालन गरी नेपालीहरुको आर्थिक उन्नतीमा सहयोग पुर्याउने उद्देश्यले सहकारीमुलक शिद्धान्तमा आधारित सहकारी बैंक अर्थात क्रेडिट यूनियन (Credit Union) खोल्ने भएका छन् ।

Everest Credit Union नाम दिइएको उक्त प्रस्तावित Credit Union लाई क्यानडा सरकारबाट मान्यता प्राप्त गरी टोरोन्टो, क्याल्गरी, भ्यान्कोभर लगाएतका सहरहरुमा समेत त्यसको शाखाहरु संचालन गरिने जनाइएको छ ।
नेपालको सहकारी संस्था सरहको मान्यता प्राप्त भएता पनि क्यानडाको क्रेडिन यूनिएनले भने बाणिज्य बैंक सरहको सम्पूर्ण आर्थिक कारोवार गर्न पाउने जनाइएको छ ।

www.EverestCU.com वेभ साइट मार्फत दिइएको बिबरणअनुसार प्रस्तावित Everest Credit Union ले विभिन्न प्रकारका व्यक्तिगत तथा प्यापारिक बैंक खाता संचालन गर्ने, व्यक्तिगत एवं व्यापार व्यवशायका लागि रिण प्रदान गर्ने, घर तथा गाडी खरिद गर्नको लागि रिण प्रदान गर्ने, भिसा, मास्टरकार्ड जस्ता क्रेडिटकार्ड प्रदान गर्ने तथा क्यानेडिएन बैंक सरहका सबै आर्थिक कारोवारहरु संचालन गरिने जनाइएको छ ।