कुश्मा–बलेवा केबलकार पुल उद्घाटन

मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल उद्घाटन भएको छ ।
नियमित सञ्चालनमा आएको एक वर्षपछि कुस्मा–बलेवा यान्त्रिक पुलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । निजी क्षेत्रले सामूहिक लगानीमा व्यावसायिक प्रयोजनमा निर्माण गरिएको यो मुलुककै एक मात्र पुल हो ।

yantrik-pul parbatपर्वत उद्योग वाणिज्य संघको पहलमा करिब रु चार करोड लागतमा केबलकार मोडलमा पुल निर्माण गरिएको छ ।

यान्त्रिक पुल सञ्चालनमा आएपछि दैनिक ५ सय यात्रुले वारपार गर्दै आएका छन् । पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बेला पुग्नका लागि पैदल मार्गबाट झन्डै दुई घण्टा लाग्ने गर्छ ।
यान्त्रिक पुलको सञ्चालनसंगै दुई घण्टाको यात्रा करीब चार मिनेटमा छोट्टिएको छ ।