कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

blackmoneyविकिलिक्सलाई समेत माथ ख्वाउने भनिएको ‘अफशोर लिक्स’ मार्फत संसारभरिका धनाढ्यहरूले लुकाइराखेको धनको गोप्यता यो हप्ता खुलासा हुँदैछ । ४६ देशका ८६ पत्रकारहरूले १७० देशमा गरेको भनिएको अनुसन्धानमा संसारका अति धनी राजनीतिज्ञ, ब्यापारी, दलाल, कला सँग्रहकर्ता र उच्च पदस्थ ब्यक्तिहरूको लुकाइएको सम्पत्ति खुल्दैछ ।

अमेरिकी International Consortium of Investigative Journalists  को संयोजनमा अनुसन्धानात्मक पत्रकारिता प्रोजेक्टबाट यस्तो खोजी गरिएको थियो । कालो धन लुकाइएको ठाउँ ब्रिटिश भर्जिन आइल्याण्डको सो कम्पनीको प्रमुख ब्यक्ती जर्जियाका प्रधानमन्त्री बिद्जिना इभानीसीली रहेको समाचारमा उल्लेख छ । ब्रिटिश भर्जिन आइल्याण्ड बाहेक सिङ्गापुर, हङकङ र कूक आइल्याण्डमा समेत कर छली सम्पत्ति जम्मा गरिएको पाइएको छ ।

युरोप, अमेरिका, एशिया र अफ्रिकाका नामूद ब्यक्तीहरू मुछिएको यो भण्डाफोरमा कोही नेपालीहरू परेका होलान् ? जिज्ञासाको विषय बनेको छ ।