काठमाडौँका नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व

काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ । तेह्रौँँ महाधिवेशनको तयारीका Nepali-Congressक्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौँले जनाएको छ । कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा गणेश कोइराला, टोखामा वसन्त श्रेष्ठ, तारकेश्वरमा श्रीराम थापा, चन्द्रागिरिमा घनश्याम गिरी, कीर्तिपुरमा कृष्णराम श्रेष्ठ र दक्षिणकालीमा मोहन बस्नेत प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका छन ।

शङ्खरापुर र नागार्जुनमा यसअघि नै निर्विरोध नेतृत्व चयन भएको थियो । ती नगरका सभापतिमा क्रमशः राजभाइ श्रेष्ठ र केदार मानन्धर रहेका छन । काँग्रेसको विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई÷दुई गरी छ र सभापतिसहित सात सदस्यीय नगर समिति गठन भएको छ । बाँकी सदस्य मनोनयन प्रक्रियाबाट पूर्ति गरिने वैधानिक व्यवस्था छ ।