कांग्रेस महामन्त्रीमा सशांक विजयी

कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा उनले १४१७ मत प्राप्त sashankगरेका छन ।अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै  महामन्त्रीमा  निर्वाचित सशांक  रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए ।

देउवा समुहबाट निर्वाचन लडेका अर्जुननरसिंह केसीले १०१७ मत प्राप्त गरे भने  सिटौला पक्षबाट निर्वाचन लडेका युवा जमातमा लोकप्रिय मानिएका  गगन थापा ५८४ मत प्राप्त गर्दै पराजय भोगेका छन् ।

२०१५ सालमा विराटनगरमा जन्मेका सशांक कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन्। सशांकले परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका थिए । ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका सशांक  नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् थिए ।