कति छन् म्याग्दीमा सुकुमबासी ?

म्याग्दीमा रहेका सुकुम्बासीहरुको तथ्याङ्क सङ्कलन गर्न लागिएको छ । सुकुम्बासी समस्या समाधानका लागि भूमिसुधार मन्त्रालयअन्तर्गत गठन भएको सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला समितिले तथ्याङ्क सङ्कलन गर्न थालेको हो ।

सुकुम्बासी समस्या समाधान जिल्ला समितिले बेनीमा पत्रकार सम्मेलन गरी समितिको पहिलो बैठकले वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवास रहेकाहरुको असोज २६ गतेदेखि कात्तिक ३० गतेसम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

हालै सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान जिल्ला समितिले सुकुम्बासी पहिचान गरी परिचयपत्र वितरण गर्ने र सो परिचयपत्रको आधारमा सहरी क्षेत्रमा आठ आना र ग्रामीण भेगमा एक रोपनी आठ आना जग्गा निःशुल्क रुपमा उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै २०६४ सालभन्दा अगाडिका अव्यवस्थित बसोवासीलाई न्यूनतम् मूल्याङ्कनको २० प्रतिशत राजस्व लिएर जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।