एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने : मत गणनामा प्रचण्ड र बाबुराम तेस्रा, नारायणकाजी दोस्रा

election nep2013एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत माओवादीको आकष्मिक बैठकले देशभरीकै मतगणना प्रतिनिधिलार्इ फिर्ता बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको केन्द्रीय हेडक्वाटरको बैठकले देशैभरका आफ्ना मतगणना प्रतिनिधि फिर्ता बोलाउने सो निर्णय गरेको हो ।

निर्वाचनमा धाँधली भएको जनाउँदै एमाओवादीको केन्द्रीय हेडक्वाटरको बैठकले सबै प्रगतिशिलहरू पराजित हुने चुनावबाट जनाधिकारप्राप्त संविधान नबन्ने जनाउँदै देशभरीका २४० वटै निर्वाचन क्षेत्रका मतगणना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाओवादी केन्द्रीय हेडक्वाटरको बैठकले मतगणना बहिष्कार गर्ने निर्णय गरेलगत्तै काठमान्डु र बर्दियाका सबै क्षेत्रमा मतगणना प्रतिनिधि रहेका एमाओवादीका कार्यकर्ता मतगणना स्थलबाट बाहिरिएका छन् ।
त्यसैगरी चितवनका ५ वटै निर्वाचन क्षेत्रका मतगणनास्थलबाट पनि एमाओवादीका मतगणना प्रतिनिधिहरु बाहिरिएका छन् । कपिलबस्तु- १ का एमाओवादी उम्मेदवार चक्रपाणि खनालसहितको टोली चुनावमा धाँधली भएको भन्दै मतगणनास्थलबाट बाहिरिएको छ । मुलुकभरका निर्वाचन गणनास्थलमा रहेका आफ्ना प्रतिनिधिहरूलाइ फोनबाट गणनास्थल छाड्ने निर्देशनसँगै भटाभट एमाओवादीका प्रतिनिधिहरू बाहिरिएका हुन । त्यसरी एमाओवादीका प्रतिनिधिहरू बाहिरिएपछि केही ठाउँमा गणना सुचारू रहेको छ भने केही ठाउँमा असान्जस्य पैदा भएको बताइन्छ ।

संविधान सभा निर्वाचनमा माओवादीका शिर्ष र प्रभावशाली नेताहरुलाई विजय पाउन कठिन देखिएपछि एमाओवादीले यस्तो रवैया अपनाएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कीर्तिपुर १० मा साढे ४ हजार मतले पछि परेका छन्। उनी काँग्रेसले लिड गरेको क्षेत्रमा एमाले उमेदवारपछि तेस्रो स्थानमा पुगेका छन् । र समाचारअनुसार, उनका प्रतिद्वन्दी विजयी भएको घोषणा हुन प्राविधिक रूपमा बाँकी रहेको अवस्थामा एमाओवादीको सो निर्णय आएको छ । प्रारम्भिक मतगणनामा रुपन्देही ४ मा बाबुराम भट्टराई तेस्रो भइरहेका छन् । सधैँ १ नम्बर हुने भनेर चर्चा पाएका बाबुराम रुपन्देही ४ मा तृतियमा पिछडिएका हुन् । तर गोरखामा भने उनी १ नम्बर नै छन् । अर्का नेता नारायाणकाजी श्रेष्ठ पनि मकवानपुर २ मा दोस्रोमा नै छन्। त्यस्तै, पूर्व अर्थमन्त्री एवं माओवादीका पूर्वी व्यूरो इञ्चार्ज बर्षामान पुन पनि मोरङ ९ मा तेस्रो स्थानमा नै छन्।

एमाले अध्यक्ष झलनाथ खनाल इलाम २ र सर्लाही १ दुवै क्षेत्रमा दोस्रो स्थानमा छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं दुईमा ठूलो अन्तर सहित अग्रता कायम राखेपनि रौतहट १ मा चौथा भइरहेका छन्।

प्रचण्डले सिरहामा अग्रता पाइरहेका छन्। उनले १६ सय र प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले १ हजार मत पाएका छन्।

निैणयपछिको वक्तव्यमा भने एमाओवादीले निर्वाचनको परिणाम घोषणा प्रकृया रोक्न माग गरेको छ ।  ‘संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षा अनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई यही स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ एमाओवादीका प्रवक्ता अग्नी सापकोटाद्धारा विहिबार विहान जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

Mao baktabya