एन. आर. एन. नेदरल्याण्डको अध्यक्षमा झिनो मत अन्तरले कृष्णराज अधिकारी

NRN Netherlandsएन आर एन नेदरल्याण्डको अध्यक्षमा कृष्णराज अधिकारी निर्वाचित भएका छन् । त्यस्तै आइ सी सी प्रतिनिधिमा फणिन्द्र पन्त छानिएका छन् ।
एन आर एन नेदरल्याण्डको निर्वाचनमा उपाध्यक्षमा हिमाल गुरूङ तथा महासचिवमा अच्युत कट्टेल विजयी भएका छन् । त्यसैगरी, सचिव- हिरामणि पराजुली, कोषाध्यक्ष- विष्णु बास्तोला, सह-कोषाध्यक्ष- भिमबहादुर रोका र कार्यकारिणी सदस्यहरूमा विष्णु पोखरेल, वीरेन्द्र श्रेष्ठ, विनोद बस्नेत, लक्ष्मीदेवी गैरे, सावित्री रिजाल, दिनेश खरेल, गुणनीधि शर्मा, प्रयागराज खनाल, ज्ञानेन्द्र आले, उत्तम कँडेल, डिल्लीराम कँडेल र बिपुल बस्नेत निर्वाचित भएका छन् ।
दोस्रो उपाध्यक्षमा राजु गुरूङ र प्रेमरसिंग गुरूङको बराबर मत आएकोले कार्यसमितिको बैठकले पछि निर्णय लिने गरी थाँती राखिएको छ ।
एन आर एन नेदरल्याण्डको निर्वाचनमा दुइ प्यानलबीच चुनाव भएको थियो । जसमा काँग्रेसनिकट जनसंपर्क विभाजित बनेको थियो । मतगणनामा झिनो मत अन्तरले निर्णय भयो ।