एन.आर.एन.ए. स्विट्जरल्याण्डमा डा. विनय श्रेष्ठ र हिरा गुरुङ बिजयी

SONY DSCगैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको निर्वाचनमा हिराबल गुरूंग अध्यक्ष निर्वाचित भएका छन् भने  महासचिवमा भूमिराज विजयी भए । त्यस्तै आइ.सी.सी. सदस्यमा ठूलो मत अन्तरले डा. विनय श्रेष्ठ निर्वाचित भएका छन् ।

गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको चौथो राष्ट्रिय अधिवेशन १६ अगष्ट २०१५ जुरीखमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल ज्यूको प्रमुख आथित्यमा सम्पन्न भयो। अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदनका साथै आय-व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो।

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको आगामी कार्यकाल २०१५ – २०१७ का लागि कार्य समिति चयन गर्न गठित निर्वाचन समितिले अधिवेशन अगावै बिभिन्न पदहरुमा उम्मेद्वारहरुको आवेदन माग गरेको थियो। सात जनाको सदस्यको पदमा आवेदन माग गरिएकोमा सातै जानको मात्र उम्मेद्वारी आवेदन दर्ता भए पछि ति सदस्यहरु निर्विरोध निर्वाचित भए। महिला संयोजकको पदमा भने कसैको उम्मेद्वारी परेन। प्रवक्ताको पदमा उम्मेद्वारी माग गरिए पनि निर्वाचन समितिले प्रवक्ताको पदमा निर्वाचन नगराई मनोनित गर्नु पर्ने भनि उक्त पदको निर्वाचन नहुने सुचना अधिवेशन अगावै प्रकाशित गरेको थियो। अन्य पदहरुमा भने मतदानबाट  निर्वाचन भएको थियो।

कार्यक्रममा जर्मनीका आई सि सि सदस्य दावा शेर्पाले पर्यवेक्षकका रुपमा भूमिका निर्वाह गर्नु भएको थियो ।