एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको मनोनयन

suntali-nepali-movieतेस्रो संस्करणको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१ का लागि उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ। कुल २० विधामा अवार्ड प्रदान गरिने भए पनि १७ विधाका लागि संयोजकसहित ४ सदस्य रहेको निर्णायक समितिले मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्मबाट प्राविधिज्ञ तथा कलाकारको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।
जसअन्तर्गत विधामा जेरी, कबड्डी, नाइँ नभन्नु ल–३, नोभेम्बर रेन र टलक जंग भर्सेस् टुल्के मनोनयनमा परेका छन् भने प्रकाश सर्वोत्कृष्ट निर्देशक विधामा नोभेम्बर रेनबाट दिनेश राउत जेरीबाट हेमराज बीसी, नाइँ नभन्नु ल–३ बाट मुस्कान ढकाल टलक जंग भर्सेस् टुल्के निश्चल बस्नेत र कबड्डीबाट रामबाबु गुरुङ मनोनयनमा परेको आयोजकले जानकारी गराएका छन्।
Nai-nabhannu-laत्यसै गरी शिव सर्वोत्कृष्ट अभिनेता विधामा नोभेम्बर रेनबाट आर्यन सिग्देल, जेरीबाट अनमोल केसी, कबड्डीबाट दयाहाङ राई, स्टुपिड मनबाट जीवन लुइँटेल र टलक जंग भर्सेस् टुल्केबाट खगेन्द्र लामिछाने मनोनयनमा परेका छन्। उता भुवन सर्वोत्कृष्ट अभिनेत्री विधामा ठूलीबाट गरिमा पन्त, श्री ५ अम्बरेबाट केकी अधिकारी, नोभेम्बर रेनबाट नम्रता श्रेष्ठ, सुन्तलीबाट प्रियंका कार्की र टलक जंग भर्सेस् टुल्केबाट ऋचा शर्मा मनोनयनमा परेका छन्। यीबाहेक अवार्डका अन्य ३ विधाको अवार्डका लागि पनि मनोनयन सूची सार्वजनिक गरिएको छ।अवार्डको निर्णायक समितिले आफैं कार्यविधि बनाई छनोट गरेको कुनै एक स्रष्टालाई मह जुरी अवार्ड प्रदान गरिने आयोजक नेपाल चलचित्र विकास कम्पनीले जनाएको छ।