एनआरएन महिला उप-संयोजकमा रजनी प्रधानको उम्मेदवारी

एनआरएन महिला उप संयोजक रजनी प्रधानले एनआरएनको सातौं अन्तर्राष्ट्रिय सम्मेलनमा पुन उप rajaniसंयोजकमा आफ्नो उमेदवारी घोषणा गरेकी छन। उनले ८ बुँदे घोषणा पत्र जारी गर्दै महिला सशक्तीकरण अभियानमा लाग्ने प्रतिवद्वता जाहेर गरेकी छन।

महिला हिँसा विरुद्व जनचेतनाका साथै महिला क्षमता अभिवृद्धिका लागी शिपमुलक, रोजगारमुलक र आय मुलक कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरेकी छन। नेपालका महिलामा आङ खस्ने समस्याका लागी संघले संचालन गरेको स्वास्थ्य परियोजनालाई निरन्तरता दिने जनाएकी छन्। नेपालमा गरिबी निवारणको लागी विभिन्न संघ सस्थाहरु संघको सहकार्यमा माईक्रोफाइनान्स संचालन गर्न पहल गर्ने उल्लेख गर्दै खाडी क्षेत्रका नेपालीहरुको लागी स्थापित सामाजिक कल्याणकारी कोष बृद्वीका बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन कुटनीतिक पहल गर्ने प्रतिवद्धता जाहेर गरेकी छन्।

झन्डै तिन दशकदेखि बेल्जियममा बसोवास गर्दै आएकी रजनी बिगत दश बर्ष देखि एनआरएन अभियानमा सक्रिय रहेकी छन्। एनआरएन बेल्जियमको महिला संयोजक हुदै एनआरएन महिला उप सयोजकको रुपमा रहेकी रजनीले युरोपमा महिला समिति गठनका साथै ‘एक ब्यक्ति एक युरो’ अभियान चलाएर महिलाहरुलाई सक्रिय बनाउँदै सुदुरपश्चिमको कैलाली, कञ्चनपुर तथा सप्तरीको बोडे बर्साइमा रहेका आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई स्वास्थ्य परिक्षण एवम् शल्यक्रिया सहयोगमा बिशेष भूमिका निर्बाह गरेकी थिईन्।