एनआरएन मध्यपुर्व भेला अगस्त २४, २५ र २६ मा युएईमा हुँदै

गैर आवासिय नेपाली संघ (एनआरएन) को छैटौ मध्यपुर्व भेला युएईमा हुने भएको छ । युएईको दुबई स्थित रोडा होटलमा आगामी अगस्त २४, २५ र २६ मा आयोजना गरिने एनआरएनले बताएको छ ।

उक्त भेलामा आएका विभिन्न देशहरुका प्रतिनिधिहरुमार्फत संकलन गरिएका श्रमिक समस्याहरुलाई समेटेर युएई घोषणापत्र तयार पार्ने र मध्यपुर्वका नेपाली श्रमिकहरुका समस्या समाधानको लागि नेपाल सरकारलाई दबाब दिइने बताइएको छ ।
उक्त भेलामा नेपाल सरकार श्रम, गृह, परराष्ट्र र उद्योग मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता हुने आयोजकहरूले बताएका छन् ।