एनआरएन बेल्जियमले भव्य रुपमा तीज मनायो(फोटो फिचर )

पछिल्लो पटक बिदेशमा नेपाली चाड पर्वहरु भव्य रुपमा मनाउन थालिएकोमा  एनआरएन  बेल्जियम क्षेत्रीय समिति अन्त्वेर्पेंनले पहिलो पटक नेपाली नारीहरुको महान पर्व तीज आइतवार अन्त्वेर्पेंनमा भव्य रुपमा मनाएको छ|

एनआरएन बेल्जियमका सचिब बुद्वी बरालको संचालनमा भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ,एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ट र क्षेत्रीय अध्यक्ष रंजन भट्टराईले शुभकामना दिएका थिए |

कार्यक्रममा प्राय दिदीबहिनीहरु राष्ट्रियता झल्किने रातो र हरियो संयोजनमा लालीगुराँसका बुट्टा भएको सारीमा  छड्के तिलहरी र पोतो लगाएका थिए  | पूर्खाको पाला देखि मनाउदै आएको तीजलाई विदेशमा मनाउने क्रममा दुइ सय भन्दा बढीको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो| एकै ठाउमा जम्मा भएका दिदीबहिनी माझ तीजको शिलशिलामा युरोप आएकी नेपाली गायिका देविका केसीले आफ्ना चर्चित गीत गएर नेपालको झल्को मेटाई दिएकी थिइन |

बिदेशमा बसेर पनि परम्परागत भेषभूषा र पोसाकमा उभिएर दर खाईरहेका दिदीबहिनी देख्दा माईति नै बिर्सिएको महशुश गरेको आभाष हुन्थ्यो| एनआरएन बेल्जियमले चाड पर्वको अवसर पारेर सबै नेपालीहरुको मिलन र एकताको रुपमा कार्यक्रमको आयोजना गरेको थियो|अध्यक्ष गुरुङले नेपाल देखि आएका आमाहरुलाई दोसल्ला ओढाई स्वागत सम्मान गरेका थिए|

दैनिक व्यस्त रहने चेलीहरुले यसरी पूर्खादेखि चलिआएको परम्परागत दर खाने प्रथालाई प्रवासको भूमिमा उजागर गर्नु पनि सह्रानीय कार्यको रुपमा लिनु पर्दछ |यसै गरी बेल्जियमका  लुभेन,ब्रुगे लगायत विभिन्न शहरहरुमा स्थापित स्थानीय सस्थाहरुले तीजको आयोजना गरी मनाएका छन्|

फोटो /डिल्ली अम्मई

17

16151413