एनआरएन बेल्जियमको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ|कार्यक्रमram आईतवार बेल्जियमको लुभेनमा सम्पन्न भएको थियो|

परोपकारी कोषमा सहयोग बढ्दै गएको उल्लेख गर्दै  एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले तत्काल असजिलो अवस्थामा रहेकालाई सहयोग उपलब्ध गराईएको बताउदै निकट भविष्यमा मापदण्ड निर्धारण गरी सहयोग वितरण कार्यलाई प्रभावकारी गराउने भावी कार्यक्रम रहेको बताए|

कार्यक्रममा ढिलो गरी आईपुगेका एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाल र नेपालीको समृद्वीको लागी स्थापित एनआरएनले नेपालमा विभिन्न कार्य गर्न शुरु गरेको बताउदै एनआरएनको ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मागलाई संबिधानमा सुनिश्चित गर्न माग गरे | ‘यसले नेपाल संगको भावानात्मक सम्वन्ध कायम गर्नेछ’उनले बताए|

अर्का बक्ता एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएनले देश बिदेशमा थुप्रै परोपकारी कार्य गरेको उल्लेख गर्दै सस्थाको बिकाशको लागी  सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गरे |

यसै गरी नेपाली दूतावासका प्रतिनिधि लक्ष्मण खनालले नेपाल र नेपालीको समृद्वीको लागी गरीने कार्यमा दूतावासको सधै सहयोग रहने बताउदै सुरक्षित आप्रावास सम्वन्धमा एनआरएनले उठान गरेको कुराले दूतावास ध्यानाकर्षण भएको जानकारी गराए|

कार्यक्रममा एनआरएन महासचिब कुमार पन्त,एनआरएन बेल्जियमका आईसीसी सदस्य द्वय शिवकुमार बरुवाल,जानकी गुरुङ,पूर्व अध्यक्ष पीजी शेर्पा,जन सम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम,जन सम्पर्क समितिका अध्यक्ष सुवास जोशी,प्रवासी नेपाली मंचका अध्यक्ष अर्जुन गुरुङ,जन प्रगतिशील मंचका अध्यक्ष चित्र सुबेदी,जन प्रगतिशील मंचका अध्यक्ष प्रेम पाठक,नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कंडेल,राप्रपा प्रवासी संगठनका महासचिब दीपेन्द्र केसीका साथै बेल्जियम स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले एनआरएन बिषयमा आफ्ना भनाईहरु राखेका  थिए|

दुई चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत दोश्रो सत्रमा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले प्रस्तुत गरेको प्रतिबेदन केहि संसोधन सहित तथा कोषाध्यक्ष नरहरी सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सभाले पारित गरेको थियो |

सभामा गोपाल सिंखडाले स्वागत मन्तव्य राखेका थिए|राष्ट्रिय धून सगै कार्यक्रमको शुरुवाती गरीएको थियो|तोकिएको समय भन्दा  ढिलो गरी शुरु भएको कार्यक्रममा एनआरएन बेल्जियमका सदस्य संख्याका हिसाबले उपस्थिति कम रहेको थियो|

madhcmas

pj