एन.आर.एन. केन्द्रमा बेल्जियमको दावेदारीः आधार र आयामहरु !

— दीपेन्द्र के.सी. 
Dipendra KC गैरआवासीय नेपालीहरुको ध्यान आगामी महिना काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलनमा केन्द्रीत हुँदैछ । नेपाल राज्य भर्खरै  प्राकृत विपदको पीडादायी र वैधानिक निर्माणको उत्सवपूर्ण क्षणबाट गुज्रिएपछि सैद्धान्तिक वहसहरुको स्वभाविक थाँती र पुनःनिर्माणको चरण स्वभाविक रुपमा प्राथमिकतामा स्थापित भएको छ । सम्भवतः अवको एनआरएन नेतृत्वको कार्यदिशा पनि यही राष्ट्रिय पुनःनिर्माण तय हुने कुरा लगभग निर्विवाद छ । दोहोरो नागरिकताको प्रमुख आवाज सम्वोधित भएपछि राष्ट्रसँग जोडिइरहने कडी र आम एनआरएनहरुलाई आकर्षित र सँगठित गर्ने सामथ्र्ययुक्त दर्शन र कार्ययोजना निर्माण पनि कार्यभारकै रुपमा आउनेछन र यसको अगुवाई गरी सँस्थालाई गति दिने नेतृत्वको छनोट पनि सम्मेलनको प्रमुख हिस्सा हो ।
  पछिल्लो कालखण्डमा एनआरएनका राष्ट्रिय समितिहरुदेखि केन्द्रसम्म नेतृत्वका आकाँक्षीहरुको लहर हेर्दा यसको आकर्षणलाई उचाई त दिएको छ नै उम्मेदवारी घोषणाका क्रमहरुले सम्मेलनको माहोल गरम बनिसकेको छ । डायस्पोराको भूगोलबाट एकीकृत राष्ट्रिय उत्थानका आधार र सामूूहिक स्वर निर्धारणका अपेक्षाहरुसँगै यो आलेखमा विशेषतः बेल्जियमबाट केन्द्रीय फाँटमा दावी प्रस्तुत गर्ने दावेदारहरुको पृष्ठभूमि र सम्भावनाको सघन चर्चाको उठान गरिएको छ ।
 विगतमा केन्द्रीय उपस्थितिका हिसावले बेल्जियमको अवस्था सन्तोषप्रद छ । केन्द्रीय सल्लाहकारदेखि महिला सँयोजक, यूरोप सँयोजक र लगातार जसो २ जना केन्द्रीय सदस्यहरुको उपस्थिति परिमाणका हिसावले पनि सम्मानजक छ ।  शुुरुवाती कालखण्डका रवीन्द्रमान श्रेष्ठ, युवराज गुरुङ, पुष्पराज अधिकारी, पी. जी. शेर्पा, जानकी गुरुङहरुले केन्द्रीय पदाधिकारीको दौडमा आफूलाई सामेल नगराएपछि अहिलेका पुस्ताका अर्जुुन श्रेष्ठहरुले उत्तराधिकार सहितको शसक्त उपस्थिति खोजेर बेल्जियमलाई  केन्द्रीय सचिवालयमा जगसहित स्थापित गर्न खोज्दैछन्  । यूरोप क्षेत्र उपसँयोजकका दावेदारव्दय प्रेम गुरुङ र शिव कुमार बरुवालको सामाजिक छवि र एनआरएनप्रतिको लगावको सापेक्षतामा उनीहरुको योग्यताले शतप्रतिशत पूर्र्णाङ्क हासिल गर्नेमा कुुनै सन्देह छैन तर  यही पदमा अन्य उम्मेदवारी पनि देखिएकोले बेल्जियमका आम एनआरएनहरु उनीहरुको आपसी सहमति कायम होस र यो कमान बेल्जियमको हातमा रहोस भन्ने चाहिरहेका छन् ।
  Arjun shrestha 3अर्को महत्वपूर्ण सचिव पदका प्रत्यासी अर्जुन श्रेष्ठको उम्मेदवारीलाई विशेष महत्वका साथ हेरिएको छ, यहाँ । सम्भवतः केन्द्रीय नेतृत्वकै लागि उचाई निर्माण गरिरहेका श्रेष्ठका पछिल्ला जिम्मेवारीहरुले उनको कार्यकुुशलता र परिणाममुखी योगदानले त्यो सम्भावनालाई शक्तिशाली बनाउदै लगेको छ । नीतिगत आधारहरु प्रदान गर्न सक्ने, कार्यक्षेत्रमा निर्वाध खट्ने, सँगठन निर्माणमा गति दिने, भूगोलहरुमा उपस्थितै हुन सक्ने र सामाजिक सन्तुुलनको दह्रो व्यवस्थापनका आफनै मौलिक तर उर्जा र मूल्यवान योग्यताले उनको केन्द्रीय उपस्थिति बेल्जियमको लागि मात्रै होइन समग्र एनआरएनका लागि लाभकारी ठानिएको छ । यूूरोप सँयोजकको पछिल्लो भूमिकामा रहदा विवादित समितिहरुको समन्वय र राष्ट्रिय समितिहरुको निर्माण, बैधानिक प्रक्रियाहरुको सम्मान र लागूू गर्ने कटिबद्धताहरु एवँ भौतिक उपस्थितिको गतिलाई हेर्दा उनको केन्द्रीय उपस्थितिलाई आम मतदाताहरुले स्वीकार गर्ने आधारहरु बनिसकेका छन् र नेतृत्व पँक्तिले पनि मूल्याँकनका दस्तावेजहरुलाई अव खुला गरेर योग्यताको वरियता सार्वजनिक गर्न ढीला गर्नुहुदैन ।
 महाभूकम्पको विपत्तिको मानवीय सहयोग र उद्धारमा सिँगो एनआरएन प्रशँसाको चुलीमा रहिरहदा अध्यक्ष शेष घलेसँगै सीमित एनआरएन व्यक्तित्वहरु प्रभावित क्षेत्रमा उभिने पँक्तिमा पनि छुटेनन् श्रेष्ठ । यूरोपको केन्द्रीकृत सामथ्र्यवान हैसियत टेवल गर्नसक्ने र उत्तराधिकार सहितको वरियता स्थापित गरेर महादेशीय अधिकारका सवाल पनि स्थापित गराउने आशयहरु पनि सम्बोधित हुने अपेक्षा फगत सावित हुने छैनन् ।
 पछिल्लो राष्ट्रिय अधिवेशनमा एउटा बायुुले असान्दर्भिक प्रवेश गर्यो । साधारण सदस्यहरुको प्राकृत अधिकारमाथी धावा बोल्दै राजनैतिक, जातीय, क्षेत्रीय सँस्थामा आवद्ध सदस्यहरुलाई अधिवेशनमा अयोग्य सावित गर्ने प्रपञ्चहरु निर्देशनका रुपमा सतहमा आए । यो आशय २१ औं शताव्दीको खुला अभ्यासमा अशोभनीय त छदै थियो यस्तो निर्देशनका परियोजनाकारहरुको पँक्तिमा शेष घलेको भद्रताको साँध लगाएर विरोधी रेट्ने प्रवृत्तिहरुलाई पनि सच्याउने प्रतिनिधित्व निर्माण गर्न चाहन्छन आम सदस्यहरु र यो आवाजलाई बेल्जियमले मुखरित अबश्य गर्नेछ । यस्तो असान्दर्भिक रोग निवारणको अगुवाई बेल्जियमका हाल नवनिर्वाचित राष्ट्रिय समितिका अध्यक्ष गँगाधर गौतम, केन्द्रका उम्मेदवारहरु र बेल्जियमका प्रतिनिधिहरुले गर्नेमा विश्वास गरी वसेको छ एनआरएन साधारण सदस्यहरुको जमात । अन्तरदेशीय सँयन्त्र निर्माण, मातृराज्यसँगको सम्वन्ध, सुविधा र कर्तव्यलाई युग सुहाउँदो नवीन बस्तुवादी दृष्टिकोण निर्माण गर्दै सामाजिक भावना अनुकूलको व्यवस्थापन तथा स्थानीय समस्याहरुको बस्तुवादी परिभाषा र समाधान खोज्नेहरुका लागि केन्द्रीय भूमिकाको खोजीको अभाव पूूर्तिलाई केन्द्रीय सारथीहरुको पँक्तिमा श्रेष्ठको उपस्थिति समय सापेक्ष ठहर्नेछ । विश्व सम्मेलनमा बेल्जियमको उत्साहपूर्ण उपस्थितिले पनि यही सँकेत गरेको छ ।
Banner_new-nrna इतिहास निर्माणको घडी (यसमानेमा कि राष्ट्रिय विपत्ति पछिको पुनःनिर्माणका अपेक्षा र सँवैधानिक अधिकारको ठोस कार्यान्वयनका चरणबद्ध प्राथमिकता तथा कार्यान्वयनले एनआरएनलाई राष्ट्रिय अँगका रुपमा स्थापित गराउने जिम्मेवारी) मा सहसम्बन्ध, समन्वयकारी, इतर विचारका भद्र सम्मानकर्ता,  इमान्दारिता र सक्रिय चरित्रका पूँजी सँकलन गरेका व्यक्तित्वहरुको उपस्थापन केन्द्रमा जरुरी छ । विश्व सम्मेलनले असल निर्णय गर्नेछ ।
 हुन त आम एनआरएनहरुले नेतृत्वका लागि गर्व गर्ने अरु प्रशस्त फराकिला व्यक्तित्वहरुको योग्यतामाथी कुनै सन्देह  छैन तर व्यक्तिको सक्रियता र सँस्थाको हितमा निरन्तर योगदानको अभिभारा पूरा गरेका व्यक्तिहरुको सम्मान र समय सापेक्ष जिम्मेवारी प्रदान गर्न सकिएन भने यसले सुन्दर भविष्यको सँकेतका दीपहरुलाई निभाउने कार्य गर्दछ । अघिपछि हराउने र निर्वाचनमा भेटिनेहरुको जमातले सँस्थालाई रोगी बनाउँछनै योग्यहरुलाई जिम्मेवारीच्यूत गर्नाका परिणाम पनि सँस्थाले व्यहोर्नुपर्ने हुुँदा पुनःनिर्माणमा नेतृत्वलाई अपेक्षित भरोसायोग्य उम्मेदवार/प्रतिनिधिहरु प्रेषण गरेको बिश्वासमा छ बेल्जियम । एनआरएनमा प्रस्थानविन्दूनै भारी जिम्मेवारी र प्रशँसायोग्य इतिहास निर्माण गर्दै उदाहरणीय अध्याय निर्माण गरेका अतीतका ठोस अनुभवसँगै निर्वाचनमा बैयक्तिक होइन सामाजिक एजेण्डाको उठान गर्नेहरु कम मध्यमै गणनायोग्य उम्मेदवारको कोटीमा हेरिएको छ श्रेष्ठलाई ।  समयको यथार्थ लयलाई पक्रेर विश्व सम्मेलनको मँचबाट बेल्जियमको दावेदारी अनुमोदन हुनेछ र यसमा अर्जुन श्रेष्ठको व्यक्तिगत होइन यूरोप अझ सम्पूूर्ण गैरआवासीयहरुको मनसायलाई प्रतिनिधित्व गर्ने व्यक्तिको छनोट समयको माग हो । बाँकी मतदाता/प्रतिनिधिहरुको तजवीज । जय एनआरएन ।
बागलुुङ, हालः लुभेन बेल्जियम