एनआरएन ए बेल्जियमको “नेपाल महोत्सव” बैठक

एनआरएन ए बेल्जियमको “नेपाल महोत्सव” बैठक सम्वन्धि जरुरी सूचना !

आदरणीय बेल्जियम बासी सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु गैर आवासीय नेपाली संघ बेल्जियमले प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको “नेपाल महोत्सव” यस बर्ष पनि आगामी अक्टोवर ४ र ५ का दिन आयोजना गरिएको जानकारी गराउन चाहन्छौ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाल महोत्सव लाई भब्य रुपमा सम्पन्न गर्न बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ-सस्थाहरुको सयूक्त उपस्थितिमा छलफल गर्नु पर्ने भएकोले यहाहरुको राय सल्लाह र सुझाव सहित निम्न मिति, समय र स्थानमा उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौ । नेपाल प्रवर्द्धनको निम्ति महत्वपुर्ण हुने उक्त महोत्सव लाई भब्य रुपमा सम्पन्न गर्नको निम्ति सबैको सहकार्य र सहभागिता रहने पूर्ण बिश्वाश गर्दछौ ।

साथै साउथफोन्टीन नगरपालीकाले सानो नेपाल नामक चार दिने कार्यक्रमको समेत आयोजना गरि उक्त अवसर गैर आवासीय नेपाली संघ बेल्जियमलाई पनि “नेपाल महोत्सव” को लागी स्थान उपलब्ध गराएको जानकारी गराउदछौ ।

मिति :- ०७ सेप्टेम्बर २०१४

समय :- दिनको ठिक १२:०० बजे

स्थान :- Norden Terras (सी.पी भट्टको रेस्टुरेन्ट)आन्त्रोपेन ।

प्रेम गुरुङ (अध्यक्ष)

माधब सापकोटा (महासचिब)

गैर आवासीय नेपाली संघ बेल्जियम ।