एनआरएनएमा सामूहिक नेतृत्व र खाडीको भूमिका आवस्यक: टिबी कार्की

गैर आवासिय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदको आगामी कार्यकालका लागी अध्यक्ष पदका लागी कतारबाट उम्मेदवारी दिएका टिबी कार्कीले मध्यपुर्व क्षेत्रका नेपालीले सामुहिक नेतृत्व सम्हाल्न सक्ने बताएका छन ।

Tb-karki-NRNAएनआरएनएको एक दशक भन्दा लामो अभियानमा खाडी क्षेत्र सक्रिय छ तर यस क्षेत्रबाट अहिले सम्म कसैले नेतृत्व गर्न नसकिरहेको अवस्थामा कतारमा व्यवसाय गर्दै आईरहेका एनआरएनए आईसीसीका वर्तमान  उपाध्यक्ष टिबी कार्कीले आफुले अध्यक्ष पाउनु पर्ने बताएका छन ।

पत्रकारहरुसँग एक कार्यक्रममा उनले भने ‘हामी एनआरएनएका हरेक गतिबिधीमा निरन्तर लागीरहेका छौ तर ठुलो संख्यामा मध्यपुर्व क्षेत्रमा रहेका नेपालीहरुलाई जहिले पनी पछाडी पार्ने कोशिस गरिएको छ । अभियानको १३ बर्ष सम्म हामी विकसित मुलुकमा बस्ने नेपालीहरुको हामी गुलामी भयौ तर हाम्रो लागी के उपलब्धि भयो ?’ , खाडीमा आउने नेपाली  लेवर मात्र हुन भन्ने मान्यता राख्ने सबैलाई सामुहिक नेतृत्व गरेर देखाउने उनले बताए ।

गैर आवासीय नेपाली संघ एकल नेतृत्वको रबैया भएको बताउदै उनले खाडी क्षेत्रले यस पटकको नेतृत्व पाउनुपर्ने बताएका छन । नेतृत्व लिन उत्सुक रहेको भन्दै सहमती वा लोकतान्त्रिक पद्धतीबाट भएपनी पछी नहट्ने उनले बताए  ।

एनआरएनएको भवन निर्माण र देशको पुर्ननिमार्णमा कस्सिएर लाग्ने प्रतिबद्धता गर्दै शेष घलेलाई सरकारले दुत बनाईसकेको हुदा अव पनी पदको लोभ गर्न नहुन उनले भने । ‘उहाँले देशको लागी काम गर्नु छ , हामीलाई मिलाएर अघाडी बढ्नु पर्छ ’ भन्दै बैदेशिक रोजगारीका विषयमा र कल्याणकारी कोषको कामलाई निरन्तरता दिने बताएका छन ।

वर्तमान देशको अवस्था प्रती चिन्ता व्यक्त गर्दै सबैले शान्तिपुर्ण दङ्गले देशको विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले एनआरएनएको अध्यक्ष पदमा जिताउन सबैमाझ अपिल समेत गरेका छन ।