इस्लामवादविरोधी नाङ्गो प्रदर्शन

FEMENब्रसेल्समा एक इस्लामी सांस्कृतिक केन्द्र अगाडि Femen नाम दिइएको अभियान अन्तर्गत युक्रेनी महिलाहरूले विहीवार ‘टपलेस’ प्रदर्शन गरेका छन् ।

यो विरोध प्रदर्शन ट्यूनीशियाकी अमिना नामक एक महिला को समर्थनमा गरिएको हो । अमिनाले इन्टरनेटमा मुस्लिमवादविरोधी नारा सहित नाङ्गो तस्वीरहरू राखेपछि एक मुल्लाहले उनको ज्यान लिनुपर्छ भनेका थिए । ती महिलालाइ अहिले उनको परिवारले घरमै थुनेर राखेको विश्वास गरिन्छ । अमिनाको समर्थनमा फेमनले युरोपका प्रमुख शहरहरूमा यस्तै विरोध प्रदर्शनहरू गरिरहेको छ ।